गृहपृष्ठ खबर कांग्रेस लुम्बिनि प्रदेश सदस्यमा युवा नेता आशिष शर्माको उमेद्धवारी घोषणा

कांग्रेस लुम्बिनि प्रदेश सदस्यमा युवा नेता आशिष शर्माको उमेद्धवारी घोषणा

प्रकाशित मिति:

वैखरी अनलाइन
नेपाली कांग्रेसका युवा नेता आशिष शर्माले लुम्बिनि प्रदेश सदस्य पदका लागी उमेद्धवारी घोषणा गरेका छन । कपिलवस्तु जिल्लाको क्षेत्र नः १ बाट महाधिवेशन प्रतिनिधिमा सर्वाधिक मत ल्याएर हालै बिजयी भएका शर्माले आज भैरहवामा आयोजित पत्रकार सम्मेलन मार्फत उमेद्धवारी घोषणा गरेका हुन ।

 

पत्रकार सम्मेलनमा देउवा पक्षका जिल्ला, प्रदेश र केन्द्रिय नेताहरुको समेत सहभागिता रहेको थियो ।

पुर्वमन्त्री तथा पुर्व भारतका लागी नेपालका राजदुत दिप कुमार उपाध्यायका छोरा समेत रहेका शर्मा नेपाली कांग्रेस उद्योग तथा ब्यापार बिभाग लुम्बिनि प्रदेशका संयोजक समेत रहेका छन ।

सम्बन्धित् समाचार