गृहपृष्ठ खबर हिमालयन र इन्भेष्टमेन्ट बैंकले मर्जरका लागि फेरि मागे समय

हिमालयन र इन्भेष्टमेन्ट बैंकले मर्जरका लागि फेरि मागे समय

प्रकाशित मिति:

काठमाडौं । हिमालयन बैंक र नेपाल इन्भेष्टमेन्ट बैंकले मर्जरका लागि थप समय माग गर्दै नेपाल राष्ट्र बैंकसमक्ष पत्र पठाएका छन् ।

राष्ट्र बैंकले निर्धारण गरेको समयमा मर्जर प्रक्रिया पूरा गर्न नसकेपछि संयुक्त मर्जर समितिले पुनः म्याद थपका लागि राष्ट्र बैंकसँग आग्रह गरेको हो । ३० वैशाखमा यी दुई बैंकले मर्जर सम्झौतापत्रमा हस्ताक्षर गरेका थिए ।

इन्भेष्टमेन्ट र हिमालयन बैंक मर्जरमा ढिलाइ किन ?

सम्झौतापछि तीन महिनाभित्र एकीकृत कारोबार शुरु गर्न राष्ट्र बैंकबाट अनुमति पाएका यी दुवै बैंकले तोकिएको समयमा मर्जर प्रक्रिया पूरा गर्न सकेनन् । त्यसपछि पुनः तीन महिनाका लागि राष्ट्र बैंकले समय थप गरेको थियो । थपिएको समयमा पनि मर्जर सम्पन्न हुन नसकेको भन्दै संयुक्त मर्जर समितिले राष्ट्र बैंकलाई पुनः समय थप गरिदिन पत्र लेखेको हो ।

राष्ट्र बैंकका प्रवक्ता देवकुमार ढकालले समय सकिनु एकदिन अगाडि आइतबार संयुक्त मर्जर समितिले राष्ट्र बैंकमा समय थप गर्न आग्रह गर्दै पत्राचार गरेको बताए ।

तोकिएको समयमा मर्जर हुन नसके स्पष्ट कारण खुलाइ राष्ट्र बैंकसँग अनुरोध गर्नुपर्छ । बैंकले खुलाएका कारण उचित लागेमा राष्ट्र बैंकले कारण अनुसारको समय थप गर्ने गरेको छ । ‘समय थप गरिदिन आग्रह गर्दै पत्र आइपुगेको छ, तर समय थप्ने वा नथप्ने, समय थपे कति समय थप्ने भन्ने विषयमा अब पत्र अध्ययन गरेर निर्णय हुन्छ’ उनले भने ।

यी दुई बैंकहरुबीच मर्जर हुन समय लाग्नुका पछाडि भने धेरै कारणहरु छन् । मर्जरको तयारी भइरहेका बेला हिमालयन बैंकको नेतृत्व नै परिवर्तन भएको थियो । स्रोतका अनुसार दुई बैंकहरुबीच अहिले मर्जर भाडिने खतरा बढेको छ । मर्जर सम्झौता गरिसकेपछि भाँडिने खतरा बढ्नुको महत्वपूर्ण कारण भने सरकार परिवर्तन हो ।

तत्कालिन केपी शर्मा ओली नेतृत्वको सरकार परिवर्तनपछि अहिले हिमालयन बैंकका अध्यक्ष फेरिएका थिए । कर्मचारी सञ्चय कोषको प्रतिनिधित्व गर्दै तत्कालिन प्रशासक तुलसी गौतम बैंकको अध्यक्ष थिए । मर्जर सम्झौतामा गौतमले नै हस्ताक्षर गरेका हुन् । तर नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा नेतृत्वको सरकार आएपछि गौतम कर्मचारी सञ्चय कोषको प्रशासकबाट हटाइए ।

गौतमलाई सरकारले कोषको प्रशासकबाट हटायो, लगत्तै हिमालयन बैंकका सञ्चालकहरुले पनि गौतमलाई बैंक सञ्चालक समिति अध्यक्षबाट हटाएर प्रचण्डबहादुर श्रेष्ठलाई चयन गर्‍यो । त्यसपछि भने मर्जर भाँडिने खतरा बढेको हो ।

सम्बन्धित् समाचार