गृहपृष्ठ खबर २०५४ सालमा सि एम ए पढेकाबिच पुनर्मिलन कार्यक्रम सम्पन्न

२०५४ सालमा सि एम ए पढेकाबिच पुनर्मिलन कार्यक्रम सम्पन्न

प्रकाशित मिति:

वैखरी अनलाइन
कपिलवस्तु प्राविधिक प्रधिष्ठानको २०५४ सालको सि एम ए पढेका पहिलो ब्याचबिच पुनर्मिलन कार्यक्रम सम्पन्न भएको छ । बाणगंगा नगरपालिकाको वडा नः ४ मा रहेको पार्कमा सि एम ए समुहले पुनर्मिलन कार्यक्रमकोआयोजना गरेको हो ।

पहिलो ब्याजमा अध्ययन गरेका देशभरका करिव २५ जना बढिकोसो अवसरमा सहभागिता रहेको संयोजक दिनेश कुमार श्रेष्ठले बताए । साथै उनले सो अवसरमा बोल्दै यस्ता कार्यक्रमलाई निरन्तर गर्दै यो ब्याजले सामाजिक सेवामा पनि काम गर्ने उदेश्य रहेको बताए ।

त्यस्तै यस्ता कार्यक्रमले आत्मीयता पढाउनुका साथै सबै मिलेर सामाजिक क्षेत्रमा देखिने गरी ठोस काम पनि गर्नुपर्ने सह संयोजक सुर्य प्रसाद बरालले बताए ।

सम्बन्धित् समाचार