गृहपृष्ठ खबर नेकपा एमाले कपिलवस्तुको जिल्ला सदस्यमा भुसालको उमेद्धवारी घोषणा

नेकपा एमाले कपिलवस्तुको जिल्ला सदस्यमा भुसालको उमेद्धवारी घोषणा

प्रकाशित मिति:

नेकपा एमालेका युवा नेता भिष्मराज भुसालले यही पुष २३ गते हुने नवौं जिल्ला अधिवेशनमा कपिलवस्तु जिल्ला सदस्यमा उम्मेद्वारी दिने घोषणा गरेका छन् ।

कपिलवस्तुको बाणगंगा नगरपालिका वडा नं. ५ को वडा अध्यक्ष समेत रहेका एमाले राजनीतिमा सक्रिय भुसालले शसक्त एमाले बनाउने अभिप्रायको साथ एमालेको जिल्ला सदस्य पदमा उमेदवारी दिने तयारी गरेको बताए ।

अनेरास्ववियुको राजनीतिबाट एमाले पार्टीको राजनीतिमा होमिएका भुसालले बाणगंगमा नगरमा समाजिक अभियन्ताको रुपमा छुट्टै छवी बनाएका र संघीय निर्वाचन क्षेत्र नम्बर १  र प्रदेशसभा निर्वाचन १ ९क० मा पार्टीलाई शसक्त बनाउन समेत महत्वपूर्ण योगदान दिदै आएका छन ।

भुसालले वि.सं. २०४८ देखि २०५३ सम्म अनेरास्ववियुको विभिन्न जिम्मेवारीमा रहेर कुशलता पूर्वक कार्य गरी सकेका छन् । वि.सं. २०५३ देखि २०५८ सम्म युवा संघ नेपालको गाउँ कमिटी सचिव र जिल्ला कमिटि सदस्य भई कार्य गरेको अनुभव भुसालमा छ ।

त्यस्तै वि.सं. २०५८ देखि वि.सं. २०६६ सम्म गाउँ कमिटी सचिव र अध्यक्ष, २०६२–२०६३ को आन्दोलनमा सक्रियता पूर्वक अग्र मोर्चामा खटिएको प्रहरी दमनमा घाइते भई हिरासतमा समेत आफू बसेको भुसालले बताए ।

वि.सं. २०६६ देखि २०७० सम्म पार्टीको क्षेत्रीय कमिटीमा रही कुशलता पूर्वक कार्य गरेका भुसालले  वि.सं. २०७२ देखि २०७६ सम्म पार्टीको नगर कमिटी सचिव र उपाध्यक्ष भई काम गरेका थिए ।

हाल पार्टीको जिल्ला कमिटी सदस्य रहेका र पुनः जिल्ला सदस्यमा आकांक्षा राखेका भुसालले आफू सबैको साझा उम्मेदवारको रुपमा अघि बढ्ने दाबी गर्दै भने जिल्ला र क्षेत्रका अग्रज नेताहरुको सुझाव र मार्गदर्शन अनुसार आफु अगाडि बढ्ने र पार्टीको तल्लो तह देखिकै संरचनामा बलियो बनाउन आफू व्यापक रुपमा लागि पर्ने बताए ।

लामो समयदेखि बामपन्थी राजनीतिमा होमिएका भुसालले आफ्नो बिगतको योगदान र त्यागलाई पार्टीका प्रतिनिधिहरुले मूल्याङ्कन गर्नेमा आफू विश्वस्त रहेको बताए ।

यसैबीच नेकपा एमाले कपिलवस्तुको यही २३ गते हुने अधिवेशनमा पदाधिकारीमा आकांक्षीहरु धेरै भएको र जिल्ला सदस्यहरुमा पनि उम्मेद्वारी घोषणा गर्ने क्रम बढेको एमाले कपिलवस्तुका नेताहरु बताउँछन् ।

सम्बन्धित् समाचार