वैखरी अनलाइन
कपिलवस्तु जिल्लाको बाणगंगा नगरपालिकाको चार नम्बर जितपुरमा हुने प्रथम बाणगंगा सडक खाना महोत्सवको तयारी तिव्र भई रहेको छ । यही पुस २९ र ३० गते बाणगंगा नगरपालिका वडा नः ४ द्धारा आयोजित सडक खाना महोत्सवको तयारी तिव्र रुपमा चली रहेको हो ।
सो अवसरमा स्थानिय र राष्ट्रीय कलाकारको बजोड प्रस्तुती रहने सडक खाना महोत्सवमा सास्कृतिक संयोजक सुजन क्षेत्रीले बताए । सो अवसरमा नेपाल आइडलका अफसर अली र केभिन ग्लेङ तामाङ र द ब्याण्डको बजोड प्रस्तुती रहने क्षेत्री बताए । साथै स्थानिय कलाकारको गायन तथा नृत्य प्रस्तुती रहने उनले बताए ।