गृहपृष्ठ खबर कपिलवस्तुमा ११ सय अवैध कुखुराको चल्ला नष्ट

कपिलवस्तुमा ११ सय अवैध कुखुराको चल्ला नष्ट

प्रकाशित मिति:

कपिलवस्तुको विजयनगर गाउँपालिकामा प्रहरीले  अन्दाजी मुल्य ७० हजार रुपैयाँ बराबरको अवैध ब्राेइलर कुखुराकाे चल्ला बरामद गरेकाे छ ।  प्रहरीले गाउँपालिकाकाे वडा नं. ४ देउपुराबाट उक्त ब्राेइलर कुखुराकाे चल्ला बरामद गरिएको इलाका प्रहरी कार्यालय गणेशपुरका प्रहरी निरीक्षक रण बहादुर विष्टले जानकारी दिनुभएको छ ।

 

प्रहरी चाैकी पत्थरदेइयाबाट सहायक निरीक्षक ताेक बहादुर बस्नेतकाे कमाण्डमा खटिएको प्रहरी गस्ती टाेलीले साेमबार बिहान साढे ९ बजेतिर कुखुराका चल्लालाई नियन्त्रणमा लिएकाे विष्टले बताउनुभयो । तस्करले अवैध रूपमा भारतबाट चन्द्राैटातर्फ माेटरसाइकलमा लैजाँदै गरेकाे अवस्थामा प्रहरी टाेलीले राेक्न खाेज्दा कुखुराका चल्लालाई उनीहरूले छाेडेर भागेकाे उहाँले बताउनुभयो ।

कुखुराकाे चल्ला सात कार्टुन (११ सय पिस) अवैध कुखुराकाे चल्ला फेला पारी बरामद गरिएको प्रहरी  निरीक्षक विष्टले बताउनुभयो । पशु क्वारेन्टाइन कृष्णनगरका कर्मचारी प्रतिनिधि, जनप्रतिनिधि र स्थानीयकाे राेहबरमा खाल्टाेमा खनि पुरेर चल्लालाई नष्ट गरिएकाे प्रहरीले जनाएकाे छ ।

सम्बन्धित् समाचार