गृहपृष्ठ खबर सियारीमा हस्तकला तालिम

सियारीमा हस्तकला तालिम

प्रकाशित मिति:

रुपन्देही, माघ ०४ ।

रुपन्देहीको सियारी गाउँपालिकाले वडा नं. २ र ३ का महिलाहरुलाई हस्तकला तालिम दिएको छ । गरिवी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम अन्तर्गत महिलाहरुलाई आत्मानिर्भर गराउने उद्देश्यले सो तालिम दिईएको गाउँपालिकाले जनाएको छ । खेरा गैरहेको कटराबाट विभिन्न किसिमका बस्ने मुढा, म्याट, चकटी, तथा सजावटका समाग्रीहरु बनाउन तालिममा सिकाईएको थियो । गाउँपालिकामा समय समयमा विभिन्न किसिमका स्वारोजगारमूलक तालिम दिंदै आएको गाउँपालिका अध्यक्ष अयोध्या थारुले बताउनु भयो । यस तालिमले महिलाहरुले रोजगार पाउने उहाँको भनाई छ । उहाँले भन्नु भयो – ‘केहि गर्छु भन्नेहरुका लागि, गरिव तथा अति विपन्नहरुलाई हामीले तालिम दिईएका छौं, हामीले विकास संगसंगै सिप पनि सिकाएका छौं ।’ कटराबाट बनेका समाग्रीहरुको ठुला होटेल र विदेशबाट आएका पर्यटकहरुले बढी माग गर्दछन् । ‘यदि महिलाहरुले यस सिपलाई व्यवहारमा उतारे भने राम्रो आम्दानी गर्न सक्छन् र आत्मनिर्भर हुन सक्छन् ।’– तालिमकी प्रमुख प्रशिक्षक खेम कुमारी थारुले बताउनु भयो । सितापुरमा भएको तालिममा २० जना महिलाहरुको सहभागीता रहेको थियो । तालिम पुस २५ गतेबाट १० दिन सम्म संचालन भएको थियो । कार्यक्रममा सियारी गाउँपालिका उपाध्यक्ष अमृता गुरुङ, गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत मिन प्रसाद भट्टाराई, वडा नं. ३का वडा अध्यक्ष घिसन अहिर, आर्थिक विकास शाखा प्रमुख गणेश खनाल, उद्यम विकास सहजकर्ता यासोद्ध थापा लगाएतले बोल्नु भएको थियो ।

सम्बन्धित् समाचार