वैखरी अनलाइन
बिश्व नारी दिवसका अवसरमा नारायणगढ कलस्टर अन्र्तगत कपिलवस्तुको चार नम्बर जितपुरमा रहेको गरिमा बिकास बैंकले बित्तिय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ । गरिमा बिकास बैंकले जितपुर बजारसहित वरपरका बजार क्षेत्रमा (क्यु आर प्रोमोटिङ) तथा बित्तिय साक्षरता कार्यक्रम सम्पन्न गरिएको हो ।
देशभर १२० शाखा रहेको गरिमा बिकास बैंकले समय सापेक्ष सामाजिक उत्तरदायित्वसहित बित्तिय साक्षरता अभियान सञ्चालन गर्दै आएको गरिमा बिकास बैंक जितपुर शाखाका प्रवन्धक शोभित बहादुर खड्काले जानकारी दिए ।
सामाजिक क्षेत्रको बिकासमा टेवा होस भन्ने उदेश्यसहित यस क्षेत्रका उद्योगी ब्यवसायीमा डिजिटल प्रविधिको प्रयोगमा पहुच पु¥याउन यस्ता गतिविधिहरु नियमित सञ्चालन गरिने बैकंका कर्जा प्रमुख बिमल बस्नेतले जानकारी दिए । करिव १०५ वटा पसल तथा ब्यवसायीहरुकाबिच साक्षरता कार्यक्रम सम्पन्न गरिएको बस्नेतले बताए ।