गृहपृष्ठ खबर पाल्पामा जिप दुर्घटना : एक जनाको मृत्यु, दुई घाइते

पाल्पामा जिप दुर्घटना : एक जनाको मृत्यु, दुई घाइते

प्रकाशित मिति:

बिहीबार अपराह्न पाल्पामा बलेरो जिप दुर्घटना हुँदा एक जनाको घटनास्थलमै मृत्यु भएको छ ।  दुई जना घाइते भएका छन् ।

 

अपरान्ह ४ बजेर ४० मिनेटको समयमा तिनाउ गाउँपालिका ५ चर्चेरबाट रामपुर तर्फ जाँदै गरेको लु १ च ७७८० नम्वरको डबल क्याप बलेरो जिप अनिमन्त्रित भई सडकबाट अन्दाजी ३ सय मिटर तल खस्दा रामपुर ३ बस्ने अन्दाजी ४२ बर्षीय सुर्यप्रसाद श्रेष्ठको घटना स्थलमै ज्यान गएको हो ।

सम्बन्धित् समाचार