गृहपृष्ठ खबर बाणगंगा ७ का वडाध्यक्ष गिरिका ७ काण्ड, एमाले नेता भन्छन टिकट दिदा गल्ती भयो

बाणगंगा ७ का वडाध्यक्ष गिरिका ७ काण्ड, एमाले नेता भन्छन टिकट दिदा गल्ती भयो

प्रकाशित मिति:

कपिलवस्तु जिल्लाका बाणगंगा नगरपालिका वडा नः ७ का वडाध्यक्ष बिष्णु गिरिले ५ बर्षको आफनो कार्यकालमा लाखौको भ्रष्टचार गर्नुका साथै आफुलाई मन नपर्ने तथा भोट नदिएका वडाबासी आएमा दुख दिने गरेको पाइएको छ ।

नेकपा एमाले कपिलवस्तुले वडा नः ७ मा वडाध्यक्षको टिकट बिष्णु गिरिलाई दिएपछि ठुलो बिद्रोह भएको छ । बिभिन्न शिर्षकमा कागजी प्रक्रिया पुरा गरी बिल भरपाई गरी आर्थिक हिनामिना गर्ने गरेको उनलाई बर्षौदेखि वडाभित्रबाटनै आरोप लागेको छ ।

जसका कारण अहिले नेकपा एमाले पहिलो दल रहेको वडा नः ७ मा बिष्णु गिरी तेस्रो नम्बरमा परेका छन । सामान्य वडाध्यक्ष रहेका गिरिले आफनो कार्यकालमा आफुलाई सासंदभन्दा ठुलो सम्झीएका कारण उनीसगैँ एमालेकै नेता तथा कार्यकर्ता रुष्ट रहेका छन ।

वडा नः ७ का बिष्णु गिरिका काण्डहरु
१) कांग्रेस भएकै कारण नागरिकता नदिनु
नेपाली कांग्रेसका युवा नेता सुर्य प्रसाद बरालले आफनी छोराी सुस्मिता बरालको नागरिकता बनाउन जादा बाबु आमा कांग्रेस भएकै कारण नागरिकता नदिनु । पिडित बराल पक्षले अदालतमा मद्धा दायर गरी मुद्धा जित्नु ।

२) वडा नः  ७ निवासि सरिता केसि नाम गरेकी एकल महिलासगं एकल भत्तामा २२ हजार नगद खुस लिनु र अंगालोमा आउनु प¥यो भन्नु कत्तिको जायज ।

३) नेकपा एमाले निकट जिल्ला नेताका अनुसार बिष्णु गिरिले यो ५ बर्षको अवधिमा पत्रकारलाई कोट पाइन्ट सिलाई दिने देखि आफै मासिक रुपमा तलब दिएर राखेको पाए पछि मात्र थाहा पाइएकाले गल्ती नेतृत्व तहबाटै  एक नेताले नाम नखुलाउनु भन्ने सर्तमा आफनो प्रतिक्रिया दिएका छन ।

४) आफुले मुद्धा जित्नका लागी उनले रुपन्देही जिल्लाको सैनामैना नगरपालिका वडा नः ११ का वडाध्यक्षको किर्ते हस्ताक्षर गरेका छन । त्यसपछि उनलृ माफि मागेका थिए ।

५) वडाका बिकासका अधिकांश आयोजनामा नदीजन्य पदार्थको निशुल्क रुपमा प्रयोग गरी बिल मिलाई आफुले कमिशन खाने गरेका १४ योजनाहरु । जसबाट उनले न्युनतम ६५ लाख रुपैया बचाएको खुलासा  भएको छ ।   ।

६) वडाका अधिकांश योजनाहरुमध्य लक्षित बर्ग तर्फ केन्द्रित गर्दै आफै सञ्चालन किन गरीएको हो ? जसमा ४० प्रतिशत बिनियोजित रकममा अनियमितता गरेको पाइएको छ ।

७ ) वडाभित्रको साना किसान कृर्षि सहकारी संस्थाको नाम अनुदान दिने भनी १ लाख ५० हजार दिएको घोषणा गरेपनि कागजी प्रक्रिया मिलाइ लिएको सहकारीकै पदाधीकारीबाटै खुलासा ।

साभार ः बाणगंगा अनलाइन

सम्बन्धित् समाचार