गृहपृष्ठ खबर बाणगंगा ११ मा कांग्रेस एक ढिक्का, चुनाव जित्ने निश्चित रहेको चौधरीको भनाई

बाणगंगा ११ मा कांग्रेस एक ढिक्का, चुनाव जित्ने निश्चित रहेको चौधरीको भनाई

प्रकाशित मिति:

वैखरी अनलाइन
आसन्न यही बैशाख ३० गते हुन लागेको स्थानिय तहको निर्वाचनमा यतीबेला सबै राजनितिक दलहरु चुनावी मैदानमा होमीएका छन । आफनो पक्षकोे उम्मेदवार जिताउन नेता तथा कार्यकर्ता घरदैलोमा ब्यस्त रहेका छन ।

 

बाणगंगा नगरपालिका वडा नः ११ मा नेपाली कांग्रेस पनि यतीबेला घरदैलोमा ब्यस्त छ । कांग्रेसभित्रका सबै गुटका नेता तथा कार्यकर्ता नरेन्द्र चौधरीेलाई जिताउन लागेपछि वडा नः ११ मा कांग्रेसका उम्मेदवार बलियो देखिएका छन । आफुहरुले ५ सय बढि मत अन्तरले चुनाव जित्ने निश्चित रहेको कांग्रेसका वडाध्यक्षका उम्मेदवार चौधरीले वैखरी अनलाइनलाई बताए ।

उम्मेदवार पाण्डेले आफु बिजयी भएपछि शिक्षा, स्वास्थ्य, युवालाई रोजगारी, सडक बिस्तारका क्षेत्रमा काम गर्ने प्रतिबद्धता जनाएका छन । सो वडामा नेपाली कांग्रेस लोकप्रिय नेता दिप कुमार उपाध्याय र धुर्व नेपालको वडा समेत रहेको छ ।

सम्बन्धित् समाचार