गृहपृष्ठ खबर कांग्रेसको आधिकारिक उम्मेदवारलाई जिताउन महामन्त्री आर्चायको आग्रह

कांग्रेसको आधिकारिक उम्मेदवारलाई जिताउन महामन्त्री आर्चायको आग्रह

प्रकाशित मिति:

वैखरी अनलाइन
नेपाली कांग्रेस लुम्बिनि प्रदेशका महामन्त्री सुरेन्द्रराज आर्चायले नेपाली कांग्रेसको आधिकारिक उम्मेदवारलाई जिताउन आग्रह गरेका छन । वैखरी अनलाइन मिडियासगं कुराकानी गर्दै आर्चायले कांग्रेसको धिकारिक उम्मेदवारलाई जिताउन आग्रह गरेका हुन ।

पार्टीका आकांक्षी उम्मेदवारकाबिचको लडाई टिकट नपाउदासम्मका लागी बताउदै आर्चायले टिकट बितरणपछि जसले टिकट पाउछ , उसैलाई जिताउनु पर्ने धर्म हुने भएकाले सबैले सहयोग गर्न उनले आग्रह नेता तथा कार्यकर्तामा आग्रह गरेका छन ।

साथै गठबन्धन भएको ठाउमा गठबन्धनकै आधिकारिक उम्मेदवार जिताउनु पर्ने बताए । लुम्बिनि प्रदेशमा गत स्थानिय तहको चुनावमा भन्दा बढि नगरपालिका र २ सय बढि वडाहरु कांग्रेस तथा गठबन्धनको उम्मेदवारले जित्ने बिश्वास समेत गरेका छन ।

सम्बन्धित् समाचार