गृहपृष्ठ खबर कांग्रेसको आधिकारिक उम्मेदवारलाई जिताउन शक्तिको आग्रह

कांग्रेसको आधिकारिक उम्मेदवारलाई जिताउन शक्तिको आग्रह

प्रकाशित मिति:

नेपाली कांग्रेस कपिलवस्तु जिल्ला कार्य समिति सचिव शक्ति सिहं ठकुरी(खोम) ले नेपाली कांग्रेसको आधिकारिक उम्मेदवारलाई जिताउन आग्रह गरेका छन । वैखरी अनलाइन मिडियासगं कुराकानी गर्दै ठकुरीले कांग्रेसको धिकारिक उम्मेदवारलाई जिताउन आग्रह गरेका हुन ।

पार्टीका आकांक्षी उम्मेदवारकाबिचको लडाई टिकट नपाउदासम्मका लागी बताउदै ठकुरीले टिकट बितरणपछि जसले टिकट पाउछ , उसैलाई जिताउनु पर्ने धर्म हुने भएकाले सबैले सहयोग गर्न उनले तरुणहरुमा , नेता तथा कार्यकर्तामा आग्रह गरेका छन ।

 

साथै गठबन्धन भएको ठाउमा गठबन्धनकै आधिकारिक उम्मेदवार जिताउनु पर्ने बताए । लुम्बिनि प्रदेशमा गत स्थानिय तहको चुनावमा भन्दा बढि नगरपालिका र २ सय बढि वडाहरु कांग्रेस तथा गठबन्धनको उम्मेदवारले जित्ने बिश्वास समेत गरेका छन ।  तरुण दल  स्थानिय तह परिचालन समितिका लुम्बिनि प्रदेश संयोजक समेत रहेका ठकुरीले हरेक बुथमा तरुणहरु परिचालन भई शान्तीपुर्ण वातावरणमा चुनाव सम्पन्न गर्न समेत आग्रह गरेका छन ।

सम्बन्धित् समाचार