गृहपृष्ठ खबर कपिलवस्तुको मायादेवीमा मेयरका उम्मेदवारको गाडिबाट ३ सय ४१ थान छाता बरामद

कपिलवस्तुको मायादेवीमा मेयरका उम्मेदवारको गाडिबाट ३ सय ४१ थान छाता बरामद

प्रकाशित मिति:

वैखरी अनलाईन : कपिलवस्तुको मायादेवी गाउँपालिका वडा नं.७ मा ३ सय ४१ थान छाता बरामद गरिएको छ । जिल्ला प्रहरी कार्यालय कपिलवस्तुबाट खटिएको विशेष टोलीले जसपाका मेयरका उम्मेदवार बजरंगी प्रसाद चौधरीले प्रयोग गर्ने गाडीबाट उक्त संख्यामा छाता बरामद गरेको हो ।

मौन अवधिमा मतदातालाई प्रभावित पार्न बाढ्न राखिएको अवस्थामा उक्त छाता बरामद गरेको प्रहरी उपरिक्षक दान बहादुर कार्कीले जानकारी दिए ।

उक्त गाडिमा दुई वटा बोरामा वेवारिसे अवस्थामा ३ सय ४१ थान छाता फेला पारि प्रहरीले जफत गरेको उनले बताए । कपिलवस्तुमा अहिले मतदातालाई प्रभावित पार्न यस्ता विभिन्न घटनाहरु भईरहेको प्रहरीले जनाएको छ ।

सम्बन्धित् समाचार