गृहपृष्ठ खबर कपिलवस्तुकाे शिवराज- १ मा वडाध्यक्षमा पराजित भएपछि महिला माथि कुटपिट

कपिलवस्तुकाे शिवराज- १ मा वडाध्यक्षमा पराजित भएपछि महिला माथि कुटपिट

प्रकाशित मिति:
कपिलवस्तु : कपिलवस्तुकाे शिवराज नगरपालिका-१ मा एक महिला माथि कुटपिट भएकाे छ । राप्रपाकाे तर्फबाट वडाध्यक्ष पदका लागि उम्मेदवारी दिएका राहुल थारु निर्वाचनमा पराजित भएकाे भन्दै उनकै नेतृत्वमा शनिबार राति करिब ९ बजेतिर कुटपिट भएकाे एक स्थानीयले बताए ।
चुनावमा आफू पराजित भएपछि पिडित महिलाले एमालेलाई जिताउन समर्थन जनाएकाे भनेर शिवराज नगरपालिका वडा नम्बर १, साेनपुर बस्ने महावीर थारुकी श्रीमती ३५ बर्षिय आशा थारुलाई कपाल लुछी निर्घात कुटपिट गरिएकाे प्रहरीले जनाएको छ ।
स्थानीयका अनुसार कुटपिट भएकी महिलाकाे टाउकाेमा गम्भीर चाेट लागेकाे छ ।
उपचारको लागि चन्द्राैटामा रहेकाे संजिवनी अस्पतालमा प्राथमिक उपचार भए पनि थप उपचारको लागि बुटवल रिफर गरिएको जनाइएको छ ।

सम्बन्धित् समाचार