गृहपृष्ठ खबर कपिलवस्तुको शुद्धोधनमा नाग पञ्चमीका अवसरमा सार्वजनिक बिदा

कपिलवस्तुको शुद्धोधनमा नाग पञ्चमीका अवसरमा सार्वजनिक बिदा

प्रकाशित मिति:

वैखरी अनलाइन, शुद्धोधन
कपिलवस्तु जिल्लाको शुद्धोधन गाउँपालिकाले भोली मंगलबार सार्वजनिक बिदा दिएको छ ।

नाग पञ्चमीका अवसरमा गाउँपालिकाले मातहतका कार्यालय तथा बिद्यालयमा सार्वजनिक बिदा दिने निर्णय गरेको हो । साथै गाउँपालिकाका प्रमुख कमलेश शरण चौधरीले पञ्चमीका अवसरमा सबैलाई शुभकामना समेत दिएका छन ।

नागपञ्चमी श्रावण महिनामा शुक्ल पक्षको पञ्चमीका दिन मनाइन्छ। यस दिनमा नागको पूजा गर्ने गरिन्छ। नागपञ्चमी एक श्रद्धा र विश्वासको पर्व हो। यस दिनमा नागको साथै नाग धारण गर्ने भगवान भोलेनाथको पूजा आराधना पनि गरिन्छ।

सम्बन्धित् समाचार