वैखरी अनलाइन, मोतिपुर
कपिलवस्तु जिल्लाको बाणगंगा नगरपालिकाका नगर प्रमुख चक्र अर्यालले मोतिपुर र भलवाडलाई जोडने कोइली नदीमा बन्न लागेको कजवे पुलमा मुद्धामामिला हुदा काम गर्न गाह्रो भएको बताएका छन । मंगलबार एकै परिवारका ३ जनालाई बगाएको खबर पाउनासाथ सो क्षेत्रमा पुगेका अर्यालले भने, ‘मुद्धामामिला नभएको भए पुल बनेर प्रयोगमा आउने थियो, के गर्ने ?’
स्थानियले कजवे पुल क्षेत्रमा आफनो जग्गा परेको भन्दै अदालतमा मुद्धा दायर गरेपछि काम सुरु गरेको ठेकेदारले पुरा काम गर्न पाएन प्रमुख अर्यालले बताए ।
उनले बिकासका काममा स्थानियले साथ सहयोग गर्नुका साथै चित्त नबुझे आपसि समझदारीबाट निकास निकाल्नु पर्नेमा जोड दिदै आफु सदैव नगरबासीको पक्षमा रहेको बताए ।
साथै अव यसरी नगरको बिकासमै असर पर्ने र यहाँका नगरबासीको जिवन जोखिममा पर्ने भए नगरपालिकाले त्यस्ता मुद्धामामिला गर्नेका हकमा नया रणनिति बनाएर पेलेरै भए पनि काम गर्ने बताए ।
मंगलबार बर्दवा खोलाले बगाएका एकै परिवारका ३ जनामध्य लक्ष्मी सुनारको मृत्युप्रति अर्यालले दु:ख समेत व्यक्त गरे ।