वैखरी अनलाइन , बाणगंगा
कपिलवस्तु जिल्लाको बाणगंगा नगरपालिका वडा नः १ मा रहेको “न्यु सम्झना पुस्तक पसल” ले थप ब्यवस्थापनका साथमा आफनो सेवालाई सञ्चालनमा ल्याएको छ ।
पहिलाको स्थान भन्दा बैरीयाबाट उत्तमनगर जाने बाटोमा “न्यु सम्झना पुस्तक पसल”ले आफनो सेवालाई थप प्रभावकारी रुपमा सञ्चालन गर्न लागेको हो । करिव २ दशकबाट सेवा दिदैँ आएको “न्यु सम्झना पुस्तक पसल”ले थप सेवा समेत बिस्तार गरेको हो ।
जनक शिक्षा सामाग्री केन्द्र लिमिटेडको आधिकारिक बिक्रेता रहेको “न्यु सम्झना पुस्तक पसल”मा धार्मिक, सरकारी तथा निजि बिद्यालयका पुस्तक थोक तथा खुद्रा मुल्यमा बिक्रि गरीने सञ्चालक सावित्रा घिमिरेले बताउनु भयो ।
यसका साथै खेलकुदका सामान, झोला तथा स्टेशनरी सामान सुपथ मुल्यमा उप्लब्ध गराउने घिमिरेको भनाइ छ । साथै अडर अनुसार डेलीभरीको सुविधा रहेको उहाँले बताउनु भयो ।