गृहपृष्ठ खबर एमालेले कपिलवस्तु क्षेत्र नः १ बाट बिष्णु पन्थीलाई चुनाव लडाउने सम्भावना बलियो

एमालेले कपिलवस्तु क्षेत्र नः १ बाट बिष्णु पन्थीलाई चुनाव लडाउने सम्भावना बलियो

प्रकाशित मिति:

बाणगंगा, २३ साउन ।

सरकारले मंसीर ४ गते संघ र प्रदेश सभा सदस्य निर्वाचनको मिति तोकेको छ ।

तीन प्रतिनिधिसभा र ६ प्रदेशसभा निर्वाचन क्षेत्र रहेको कपिलवस्तुमा पनि चुनावी मिति घोषणासंगै कुन नेता कुन क्षेत्रबाट उठ्ने भन्नेबारे चर्चा हुन लागेको छ ।

गत बैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनमा एक्ला एक्लै चुनावी मैदानमा उत्रिएका जिल्लाका दलहरु आउँदो चुनावमा कसरी अगाडी बढ्ने हुन यसै भन्न सकिने अवस्था छैन् ।

 

यद्यपि केन्द्रमा रहदै आएको पाँच दलीय गठबन्धनको प्रभाव जिल्लामा आसन्न निर्वाचनमा पर्ने देखिन्छ । गठबन्धनको चुनावी मोडालिटी भने बनिसकेको छैन् । उत्तर दक्षिण समेट्ने संघीय निर्वाचन क्षेत्र रहेको कारण जिल्लामा कुनै पनि दललाई सहजै रुपमा चुनाव जित्ने आकंलन गर्न भने सकिदैन् ।

०७४ सालको संघ र प्रदेशको निर्वाचनमा बामगठबन्धनबाट लुम्बिनी प्रदेशसभा सदस्यमा निर्वाचित भएका विष्णु पन्थीले आसन्न निर्वाचनमा प्रतिनिधिसभा १ बाट चुनाव लड्ने इच्छा राखेका छन् ।

 

त्यो बेला बामगठबन्धनबाट आफ्ना निकटतम प्रतिद्धन्द्धी नेपाली कांग्रेसका उम्मेद्वार पुरन थारुलाई भारी मतले पराजित गरेका पन्थी आउँदो चुनावमा प्रदेश छाडी संघबाट चुनाव लड्ने इच्छा राखेका हुन् ।

हालै लुम्बिनी प्रदेशको सावर्जनिक लेखा समितिका सभापति समेत बनेका पन्थी केहीँ महिना पहिला प्रदेश सभामै चुनाव उठ्ने बताउँदै आएका थिए । पछिल्लो समय भने पन्थीले संघमा चुनाव लड्ने इच्छा देखाएका हुन् ।

एमाले भित्रको टिकट वितरणको सम्भावनालाई दृष्टिबोध गरी पन्थीले संघमा चुनाव लड्ने गरी आफूलाई सुरक्षित राखेका हुन् । प्रदेशसभामा टिकट पाउने सम्भावना त्यति बलियो नदेखे पछि पन्थीले संघमा इच्छा देखाएको हुन सक्ने उनी निकटस्थ स्रोत बताउँछ ।

 

हाल प्रतिनिधिसभा १ को संघीय सांसद नेकपा माओवादी केन्द्र का चक्रपाणी खनाल छन् । बामगठबन्धनबाट खनाल ०७४ को निर्वाचनमा संघको चुनाव जितेका थिए ।

केन्द्रको ५ दलीय गठबन्धन भयो भने खनाल नै यस निर्वाचन क्षेत्रबाट चुनाव लड्ने लगभग पक्कापक्की जस्तै छ । तत्कालिन कांग्रेस उम्मेद्वार दीपकुमार उपाध्यायसंग १ हजार कम मतले विजयी बनेका खनाललाई गठबन्धनले उम्मेद्वार बनायो भने पन्थीसंग उनको प्रतिस्पर्धा हुनेछ ।

सम्बन्धित् समाचार