गृहपृष्ठ खबर अवसरको लोभमा आफनो साख गुमाएका बुद्धभुमिका खनाल, “अहिले न यता न उता”

अवसरको लोभमा आफनो साख गुमाएका बुद्धभुमिका खनाल, “अहिले न यता न उता”

प्रकाशित मिति:

वैखरी अनलाइन बुद्धभुमी
कुनै बेला कांग्रेसमा जिल्लाभर परिचित भई काम गरेर आफुलाई चिनाउँन सफल नारायण खनालले अवसरको लोभमा आफनो साख गुमाउन पुगेका छन ।  कपिलवस्तुको बुद्धभुमी नगरपालिका वडा नः ८का खनाल जिल्लामै लोकप्रिय नेताका रुपमा चिनिन्थे ।

आफुलाई पद नभई नहुने सोचमा पुगेका उनी हाल आएर शुन्यजस्तै अवस्थामा पुगेका छन । चुनाव आउना साथ पार्टी नेतृत्वसगं अवसर माग गरेकै कारण उनी २ पटकसम्म गाविस अध्यक्ष हुदै नेपाली कांग्रेसबा कपिलवस्तु जिल्लाको जिल्ला सम्वन्य समितिको संयोजक समेत भएका थिए ।

जिल्ला सम्वन्य समिति संयोजक हुदा कुनैपनि प्रभावकारी काम गर्न नसक्दा उनको जिल्लाभरनै चर्को आलोचना समेत हुने गरेको थियो । जिल्लाका १० पालिकासगं कुनै सहकार्य तथा सम्वन्यमा जिल्लामा आशा लाग्दो काम गर्न नसकेपछि उनको पालिकाहरुमा चर्को बिरोध समेत हुने गरेको थियो ।

अनुगमनका नाम ब्यस्त रहने खनालले जिल्लामा नदी दोहोन समेत रोक्न सकेनन् । उल्दै उनलाई ठेकेदारलाई संरक्षण गरी रकम कमाएको आरोप समेत लाग्यो ।

२०७४ सालको स्थानिय तहको चुनावमा कांग्रेसले उनलाई वडासदस्य पदमा उठाएर जिल्ला सम्वन्य समिति जस्तो प्रभावकारी र प्रभावशाली पदका लागी टिकट दिएर जिताएको समेत थियो ।

 

यता हालै सम्पन्न २०७९ साल बैशाख ३० गतेको स्थानिय तहको निर्वाचनमा आफुले कुनै पद नपाएपछि उनले आफनै श्रीमतिलाई वडाध्यक्ष पदमा चुनाव लडाए ।

 

चुनाव जिताउने आशामा वडाध्यक्ष पदमा श्रीमतिलाई उठाएको  हार ब्यहोर्न बाध्य हुनुप¥यो । जसका कारण उनलाई नेता मान्दै आएका कार्यकर्ता समेत निकै निराश छन । अवसर र पदको लोभको कारण उनी हाल आएर न यता न उताजस्तै भएका छन ।

 

हाल लुम्बिनि प्रदेशका महामन्त्री सरुेन्द्रराज आर्चाय र कपिलवस्तु क्षेत्र नः २ का सभापति तथा बुद्धभुमी नगरपालिकाका नगर प्रमुख केशव कुमार श्रेष्ठको निकट नेताका रुपमा परिचित थिए । स्रोतका अनुसार हाल आएर यी दुवै नेताले खनालको फोन समेत उठाउदैनन् ।

 

 

सम्बन्धित् समाचार