गृहपृष्ठ खबर कपिलवस्तु उद्योग बाणिज्य सघं र बैंक तथा बित्तिय संस्थाका शाखा प्रमुखबिच छलफल

कपिलवस्तु उद्योग बाणिज्य सघं र बैंक तथा बित्तिय संस्थाका शाखा प्रमुखबिच छलफल

प्रकाशित मिति:

वैखरी अनलाइन बाणगंगा 
कपिलवस्तु उद्योग बाणिज्य सघं र बाणगंगा नगरपालिका भित्रका बैंक तथा बित्तिय संस्थाबिच छलफल कार्यक्रम सम्पन्न भएको छ । कपिलवस्तु उद्योग बाणिज्य सघंको आयोजनामा सघंको सभा हलमा छलफल तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको हो ।

सो अवसरमा बाणगंगा नगरका ब्यवसायीको हकमा कर्जा नविकरण(लोन) का लागी सहज भुमिका निर्वाह गर्न सघंका अध्यक्ष डोलकराम घिमिरेले बैंक तथा बित्तिय संस्थालाई आग्रह गरेका छन ।

साथै सो अवसरमा बोल्दै कपिलवस्तु उद्योग बाणिज्य सघंका बरिष्ठ उपाध्यक्ष छवि रेश्मी मगरले बैंक तथा बित्तिय संस्थाले सामाजिक उत्तरदायित्वका कार्यक्रम सोचे अनुरुप गर्न नसकेको बताउदै त्यसतर्फ ध्यान दिन आग्रह गरेका छन ।

यस क्षेत्रका नागरिकले लिएको कर्जाबाट बैंक तथा बित्तिय संस्थाले पाउने फाइदाको केही प्रतितशत यहीँ क्षेत्रमा लगानीमा भए कर्जा लिएकालाई अपनत्वको महशुस हुने उनको भनाई छ ।

सो अवसरमा बैंक तथा बित्तिय संस्थाका शाखा प्रमुखहरुले हालको राष्ट्र बैंक मौद्रिक नितिका साथै आफुहरुले भोगेका समस्याका बारेमा आआफनो भनाई राखेका थिए ।

बैंक तथा बित्तिय संस्थाको तर्फबाट बोल्दै बैंर्कस क्लव अफ बाणगंगाका अध्यक्ष मनोज पौडेलले सामाजिक उत्तरदायित्वका कार्यलाई गर्दै आएको बताउदै त्यसलाई अझ प्रभावकारी रुपमा गर्ने र सबै बैंक तथा बित्तिय संस्थालाई गर्न सहकार्य गर्ने बताए । साथै उनले कर्जा नविकरण गर्न त्यस्तो समस्या नभएको बताउदैँ कागजी प्रक्रिया पुरा गरेर आए सहज रुपमै काम गर्न आफुहरु तयार रहेको बताए ।

 

सो अवसरमै बैंक तथा बित्तिय संस्थाको तर्फबाट भिमकान्त भट्टराई, कुमार थापा राजकोटी , शोभित खडका, माधव घिमिरे, सुरज जिसि लगायतले पनि आआफनो धारणा राखेका थिए ।

 

कपिलवस्तु उद्योग बाणिज्य सघंका महासचिव मनोज पौडेलको सञ्चालनमा भएकोे कार्यक्रममा सघंकी महिला उपाध्यक्ष इन्द्रीरा मिमिल्सीनाले स्वागत मन्तब्य राख्नु भएको थियो भने सघंका उपाध्यक्ष खुमानन्द घिमिरे, बिरेन्द्र खाण, सचिव खिमानन्द पौडेल कोपिल, प्रेस सल्लाहकार अशोक पौडेल लगायतको सहभागिता रहेको थियो ।

 

सम्बन्धित् समाचार