वैखरी अनलाइन, बुद्धभुमी
कपिलवस्तु जिल्लाको बुद्धभुमी नगरपालिकाले नगरपालिका मातहतका सामुदायिक बिद्यालयलाई बिद्यार्थीबाट शुल्क उठाउन नपाइने निर्णय गरेको छ ।
आज बसेको कार्यपालिकाको बैठकले नगरभित्रका सामुदायिक बिद्यालयले कुनै पनि बहाना बिद्यार्थीबाट शुल्क उठाउँन नपाइने निर्णय गरेको हो ।
नेपाल सरकारले निर्देशित गरेको बाहेक शिर्षकमा बिद्यार्थीबाट रकम उठाएको पाइए नगरबाट जाने तलबसहितको रकम सबै रकम निकाशा समेत नगर्ने नगर प्रमुख केशब कुमार श्रेष्ठले बताए ।
साथै यस कार्यलाई प्रभावकारी बनाउँन ५ सदस्य अनुगमन समिति समेत गठन गरिएको नगरका प्रवक्ता तथा वडा नः १ का वडाध्यक्ष तिल बस्नेतले जानकारी दिए ।
शिक्षा शाखा प्रमुख लिल बहादुर राउतको संयोजकत्वमा अनुगमन समिति बनेको जानकारी गराउदै बस्नेतले भोलीबाट अनुगमनका कार्यलाई तिव्रता दिने समेत जानकारी दिए ।