बाणगंगा, वैखरी अनलाईन ।
बाणगंगा नगरपालिका वडा नं.२ ले तिज गित प्रतियोगिता सम्पन्न गरेको छ ।
वडा कार्यालयको प्राङ्गण पिपरामा बुधबार उक्त कार्यक्रम सम्पन्न भएको हो । जसमा गब्दैया-कप्टैया टोल विकास समिति प्रथम हुन सफल भएको छ भने राजपुर टोल विकास समितिले दोस्रो स्थान हासिल गरेको छ ।
यस्तै राधा कृष्ण कलौनी टोल विकास समिति तेस्रो हुदाँ नव जागृति गोबडीहवा टोल विकास समिति सान्त्वना भएको छ ।
७ टोलीको सहभागिता रहेको प्रतियोगितामा विजेता चार टोलीले नगदसहित प्रमाण पत्र प्राप्त गरेका छन् ।
वडा नं.२ का वडाध्यक्ष विष्णु प्रसाद पौडेलले नारिहरुको महान पर्व तीजलाई मौलिकता झल्किने गरि मनाउन आवश्यक रहेको बताए ।
वडाले परम्परागत रुपमा नारिहरुले मनाउँदै आएको पर्व तीजलाई विगतदेखि नै संरक्षण प्रदान गर्न विभिन्न कार्यक्रम गर्दै आईरहेको र आगामी दिनमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिने वडाध्यक्ष पौडेलले प्रतिवद्धता जनाए ।