गृहपृष्ठ खबर लुम्बिनी र सुदूरपश्चिम प्रदेशमा भारी वर्षाको सम्भावना

लुम्बिनी र सुदूरपश्चिम प्रदेशमा भारी वर्षाको सम्भावना

प्रकाशित मिति:

हाल देशभरको मौसममा सामान्य  बदली  रही प्रदेश १, सुदुरपश्चिम र गण्डकी प्रदेशका एक-दुई स्थानमा चट्याङ सहित हल्का वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

 

आज दिउँसो देशका पहाडी भूभागका केही स्थानहरूमा चट्याङ सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। लुम्बिनी  र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको पनि संभावना रहेको छ।

राती  गण्डकी र लुम्बिनी प्रदेशका केही र बाँकी प्रदेशका थोरै स्थानमा चट्याङ सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।

 

भारी वर्षाको सम्भावना रहेका पहाडी क्षेत्रमा पहिरो तथा गेग्रान बहावको जोखिम तथा सडक र हवाई यातायातमा सामान्य प्रभावको संभावना रहेकोले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।

सम्बन्धित् समाचार