गृहपृष्ठ खबर कपिलवस्तुमा पनि ५८औँ बाल दिवस विभिन्न कार्यक्रम गरि मनाईयो

कपिलवस्तुमा पनि ५८औँ बाल दिवस विभिन्न कार्यक्रम गरि मनाईयो

प्रकाशित मिति:

कपिलवस्तु ।

कपिलवस्तुसहित देशभर आज राष्ट्रिय बालदिवसको अवसरमा विभिन्न कार्यक्रमहरु गरिएको छ ।

कपिलवस्तुको बाणगंगा नगरपालिका स्थित युवा शिक्षा तथा खेलकुद विकास शाखाले बाल दिवसको अवसरमा विद्यालय स्तरीय आधारभूत तहको निबन्ध लेखन प्रतियागिता गरेको छ भने माध्यमिक तहको वक्तृत्वकला प्रतियोगिता गरीएको शिक्षा शाखा प्रमूख खिमबहादुर जि.सी.ले बताउनुभयो ।

आधारभूत तहको निबन्ध लेखन प्रतियागिताको नतिजा केही दिनमा सार्वजनिक हुने छ भने वक्तृत्वकला प्रतियागिताको नतिजा आज नै सार्वजनिक गरी पुरस्कार वितरण समेत गरिएको छ ।

नगर भित्रका मावि तहका ९ वटा विद्यालय सहभागी कार्यक्रममा गोल्डेन होराइजन मावि प्रथम भएको छ भने ज्ञानपुञ्ज मावि द्धितीय भएको छ । यस्तै प्रतियागितामा जनता मावि तृतीय हुँदा हथौसा लिटिल स्टार माविले सान्त्वना स्थान पाएको शिक्षा शाखा प्रमूख जि।सीले जानकारी दिनुभयो ।

यता १५ वटा विद्यालय सहभागि निबन्ध लेखन प्रतियागिताको नतिजा सार्वजनिक गर्न विज्ञहरुबाट कापी जाँच गरिएपछि सार्वजनिक गरिने बताइएको छ ।

यसबाहेक कपिलवस्तुमा धेरैजसो विद्यालयहरुले समेत विभिन्न कार्यक्रम गरी बाल दिवस मनाएका छन् । कपिलवस्तुको बाणगंगा नगरपालिका वडा नम्बर ८ उदयपुर मोर्मी स्थित जनसेवा आधारभूत विद्यालयले अन्तरसदनात्मक हाजिरीजवाफ प्रतियागिता गरेको छ भने कक्षा १–४ का विद्यार्थीहरुलाई खेलकुद कार्यक्रम गराएको प्रधानाध्यापक ज्ञानप्रसाद पाण्डेले जानकारी दिनुभयो ।

यस्तै बाणगंगाका अन्य विद्यालयहरुमा पनि विभिन्न कार्यत्रम गरीएको छ । कपिलवस्तु नगरपालिका वडा नम्बर ९ स्थित कनकमुनी माध्यमिक बिधालयमा बतृत्वकला प्रतियोगिता गरिएको छ । प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय भएका विद्यार्थीहरुलाई पुरस्कार समेत प्रदान गरिएको विदालयले जनाएको छ ।

यस वर्ष सरकारले ५८ औँ बाल दिवसको अवसरमा ‘बालमैत्री समाजको आधारस् जिम्मेवार परिवार, उत्तरदायी सरकार’ भन्ने नारा दिएको थियो । यही नाराका साथ देशभर बाल दिवसका अवसरमा विभिन्न कार्यक्रम गरिएको हो ।

नेपालमा हरेक वर्षको भदौ २९ गतेलाई राष्ट्रिय बालदिवसको रुपमा मनाउने गरिएको छ ।

सम्बन्धित् समाचार