गृहपृष्ठ खबर कपिलवस्तुवासीले देख्न पाएनन् सुपथ मूल्य पसल !

कपिलवस्तुवासीले देख्न पाएनन् सुपथ मूल्य पसल !

प्रकाशित मिति:

वैखरी अनलाईन, बाणगंगा ।

कपिलवस्तुमा दशैँ शुरु भए पनि सुपथ मूल्य पसल सञ्चालनमा आएका छैनन् । सरकारले दशैँ तिहारलाई लक्षित गर्दै हरेक वर्ष दशैँ शुरु हुनुभन्दा एकसाता अघि सुपथ मूल्य पसल सञ्चालन गर्ने गरेको भएपनि कपिलवस्तुका १० स्थानीय तहमा नै सुपथ मूल्य पसल सञ्चालन आउन सकेनन् । जिल्लामा सरकारले सुपथ मूल्य पसल स्थापना गरेको छैन् ।

सुविधासम्पन्न, ठूला शहरमा मात्र सुपथ मूल्य पसल स्थापना गरे पनि कपिलवस्तुलाई सरकारले बेवास्ता गर्दै सुपथ मूल्य पसल स्थापना नगरेको हो । कपिलवस्तु जिल्लावासीलाई सुपथ मूल्य पसलबारे कुनै जानकारी नै छैन् । जहाँ जहाँ सजिलो र बाक्लो जनघनत्व भएका ठाउँ छ, त्यहाँ मात्र सरकारले यस्ता खालका पसलहरू स्थापनामा जोड दिँदै आएको छ ।

तर बाक्लो जनघनत्व भएका जिल्ला मुख्य बजार क्षेत्रमा समेत यस्ता पसलहरु संचालन गरिएका छैन् । यता दुर्गमका बासिन्दाले सुविधासम्पन्न ठाउँमा मात्र सुविधामाथि सुविधा थपेको भन्दै सरकारले दुर्गमलाई हेपेको गुनासो समेत गरेका छन् ।

कपिलवस्तुका प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र कुमार मिश्रले जिल्लाको मायादेवी गाउँपालिकामा सुपथ मुल्य पसल संचालन गर्ने भनिए पनि संचालनमा आउन नसकेको बताए ।

सबै कुराको पहुँच भएको ठाउँमा भारी सेवा दिने सरकारको निर्णय गरिबमाथि अन्याय भएको कपिलवस्तु उद्योग बाणिज्य संघका अध्यक्ष डोलकराम घिमिरेले बताए । ‘सुपथ मुल्य पसल खोल्दा यो चाडपर्वको बेला गरिब विपन्नदेखि सबैलाई सहज हुने थियो तर खोल्ने प्रयास समेत गरिएन् । खै किन हो यस्तो मलाई थाहा छैन् ।’ उनले भने ।

यस्तै कपिलवस्तु उद्योग बाणिज्य संघका महासचिव मनोज पौडेलले चाडपर्वको समयमा उपभोक्ताहरुलाई राहत दिन सरकारले सुपथ मुल्य संचालनमा ल्याउनुपर्ने भएपनि कपिलवस्तुमा त्यस्तो हुन नसकेको बताए । उनले यसका लागी सरोकारवालाहरुले पहल गर्न आवश्यक रहेको बताए ।

जिल्ला सदरमुकाम तौलिहवामा समेत सुपथ मुल्य पसल संचालन नगरिनु दुखद पक्ष भएको नेपाल पत्रकार महासंघ कपिलवस्तुका अध्यक्ष किरणमान बज्राचार्यले बताए । पहुँच भएको ठाउँमा मात्र छुट दिँदा ग्रामीण क्षेत्रका नागरिकलाई अन्याय हुने उनले बताए ।

यस बारे थप बुझ्न घरेलु तथा साना उद्योग कपिलवस्तुसंग सम्पर्क गर्न खोज्दा सम्पर्क हुन सकेन् ।

सम्बन्धित् समाचार