गृहपृष्ठ खबर रामघाट मेलाका लागि सार्वजनिक बिदा दिने कपिलवस्तु नगरपालिकाको निर्णय

रामघाट मेलाका लागि सार्वजनिक बिदा दिने कपिलवस्तु नगरपालिकाको निर्णय

प्रकाशित मिति:

कपिलवस्तु नगरपालिकाले कार्तिक पुर्णिमाका दिन लाग्ने रामघाट मेलाका लागि कार्तिक २२ गते सार्वजनिक बिदा दिने गरेको छ ।

नगरपालिमा बसेको कार्यपालिका बैठकले सो निर्णय गरेको मेयर सुदीप पौडेलले जानकारी दिए । जिल्ला कै पुरानो र ठुलो रामघाट मेला यस क्षेत्रको पर्व कैरुपा रहेकोले बिदा गरिएको बताए ।रामघाट मेला भर्न भारत तथा छिमेकी जिल्लाका भक्तजनहरु आउने गर्दछन ।

रामघाट मेलाका दिन आईतावार राति भक्तजनहरुले रामजानकी मन्दिर र रामघाट क्षेत्रमा भजन किर्तन गरी बस्ने गर्छन ।

कार्तिक पुर्णिमाका दिन नदीमा स्नान गरी मन्दिरमा पु्जा पठा गर्ने गर्छन । यो दिन मुन्डन गर्ने र गाईको पुजा समेत गर्ने गरिन्छ । रामघाटमा कार्तिक पुर्णिमाका दिन बर्षौ देखि परंपरागत मेला लाग्दै आएको छ ।

मेलाकालागि रामघाटमा आवश्यक तयारी गरिएको प्रमुख प्रशासकीय अधिकृत शेषकान्त पौडेले बताए । कार्तिक पुर्णिमाका दिन बाणगंगा नदीको लक्ष्मणघाट, बर्गदीघाट लगायतका स्थानमा समेत मेला लाग्ने गर्दछ ।

सम्बन्धित् समाचार