गृहपृष्ठ खबर निर्णय कार्यान्वयन गर्न कपिलवस्तुमा अब्बल देखिए मेयर पौडेल

निर्णय कार्यान्वयन गर्न कपिलवस्तुमा अब्बल देखिए मेयर पौडेल

वैखरी अनलाइन , तौलीहवा

कपिलवस्तु नगरपालिकाका नगर प्रमुख सुदिप पौडेल निर्णय कार्यन्वयनमा अब्बल देखिएका छन । नगर कार्यपालिकामा भएका निर्णय तथा आफुले सार्वजनिक कार्यक्रममा बोलेका कुरालाई कार्यन्वयन गर्न उनी अब्बल देखिएका हुन ।

गत बैशाख ३० गते भएको स्थानिय तहको निर्वाचनबाट कपिलवस्तु नगरपालिका प्रमुखमा बिजयी भएका पौडेलबाट जिल्लाको शिक्षित तथा युवा बर्गले राम्रो काम गर्ने बिश्वास समेत लिएका छन ।

उनले कुरा भन्दा पनि गर्न सक्ने कामका बारेमा बोल्नुपर्छ,  नहुने  कुरा बोलेर हुदैन भन्ने ध्येयका साथ काम गर्दै छन । जसको एउटा उदारहण हो छाडा गाइवस्तु ब्यवस्थापन ।

कपिलवस्तुमा छाडा चौपायाको व्यवस्थापनको काम थालिएको छ । कपिलवस्तु नगरपालिकाले छाडा गाई गोरुको व्यवस्थापन थालेको हो ।

कपिलवस्तु नगरपालिकाको बिकासका लागी युवा नेतृत्व पाएकाले नगरबासी अहिले धेरै खुशी छन । सिमित बजेटमा नगरबासीका असिमित चाहनालाई पुरा गर्न पौडेल सक्छन वा सक्दैन्न ? यो भने चुनौतीको बिषय छ ।

नहुने कुरा बोलेर केही समयका लागी जनता माझ लोकप्रिय त हुन सकिएला तर यसले दिर्घकालिन रुपमा कसैलाई पनि फाइदा नपुग्ने उनी बताउछन ।

छाडा गाई गोरुको कारण अस्तव्यस्त सडक र अन्नपात खाएर किसानले हैरानी खेपिरहेका बेला कपिलवस्तु नगरपालिकाले यसको व्यवस्थापन थालेको हो ।

नगरपालिकाको वडा नं. ३ स्थित चपरतल्लामा गाई गोरुको व्यवस्थापन थालिएको हो । तौलिहवा र आसपासका छाडा गाई गोरुको व्यवस्थापन थालिएको नगर प्रमुख सुदीप पौडेलका बताए ।

वरपर तारजाली लगाएर कान्जि हाउस निर्माण गरी गाईवस्तु राखिएको उनले बताए । छाडा गाईगोरुको हैरानी खेपेपछि विद्यार्थीहरुले तौलिहवामा प्रदर्शन गरेका थिए ।

नगर प्रमुख पौडेलले ठाउँको अभावका कारण गाई गोरुको व्यवस्थापन असजिलो भएको बताए । यसलाई ब्यवस्थित गर्न अझ धेरै काम गर्न बाकी रहेको उनी बताउछन ।

‘दिर्घकालिन रुपमा समेत असर पर्ने गरी ब्यवस्थापन गर्न हामी लागेका छौ, समय लाग्ला तर काम गर्छौ’ उनले भने ।

सम्बन्धित् समाचार