वैखरी अनलाईन, बाणगंगा ।
बाणगंगामा एक जना व्यापारी एक करोड बढी रकम ठगी गरि फरार भएका छन् । जुम्लाको कनका सुन्दरी गाउँपालिका- ५ का २८ बर्षीय महेन्द्र हमाल ठगी गरि फरार भएका हुन् । उनी पछिल्लो समय बाणगंगा नगरपालिका वडा नम्बर १ मा बसेर व्यापार व्यवसाय गर्दै आएका थिए । उनले बाणगंगाको मुख्य बजार क्षेत्र चारनम्बरमा ३ वटा गाडि र जग्गा बहालमा लिएर अदालत सप्लायर्स संचालन गरेका थिए ।
उनले बाणगंगाका दर्जन बढी व्यक्तिलाई विभिन्न प्रलोभन देखाई घर, गोदाम, गाडि, पैसा लिदै आएका थिए । उनीले काममा लगाएका कामदारलाई पारिश्रमिक समेत नदिएको खुल्न आएको छ ।
उनले कपिलवस्तुबाट आलु प्याज, चामल, दाल लगायतका खाद्यान्नहरु पहाडि जिल्लामा निर्यात गर्दथे । उनले एकैदिन २० देखि २५ ट्रक खाद्यान्न निर्यात गर्थे । उनले यत्ति धेरै मात्रामा खाद्यान्न निर्यात गर्दा यहाँका व्यापारी, व्यवसायीले विश्वास गर्न पुगेको बताईन्छ । जसको मैका छोपि अन्तिममा सबैसंग पैसा सापटी लिएर फरार हुन पुगे ।
उनलाई खोजतलास गरि ठगी रकम फिर्ताको माग गर्दै ईलाका प्रहरी कार्यालय पिपरामा ठगीमा पर्नेहरुले उजुरी दिएका छन् । उनी फागुनको १९ गतेदेखि सम्पर्क विहिन भएको उजुरीमा उल्लेख छ ।
उनले बाणगंगा नगरपालिका ८ मा खाद्यान्न व्यवसाय समेत गर्दै आएका थिए । ठगि गरि फरार रहेका हमालको एक श्रीमति र दुई छोरी रहेका छन् ।
हमाल यसै गरि अन्य जिल्लामा पनि ठगि गरि फरार हुने गरेको बताईएको छ ।
यस्ता छन् प्रमाण :