गृहपृष्ठ खबर नेपाल उद्योग बाणिज्य महासंघको केन्द्रिय कार्यकारिणी समिति सदस्यमा पौडेलको उम्मेदवारी

नेपाल उद्योग बाणिज्य महासंघको केन्द्रिय कार्यकारिणी समिति सदस्यमा पौडेलको उम्मेदवारी

प्रकाशित मिति:

वैखरी अनलाईन, बाणगंगा ।

नेपाल उद्योग बाणिज्य महासंघको निर्वाचनमा कपिलवस्तु उद्योग बाणिज्य संघका निवर्तमान अध्यक्ष उमानाथ पौडेलले उम्मेदवारी दिने भएका छन् । पौडेलले लुम्बिनी प्रदेशको तर्फबाट केन्द्रिय कार्यकारिणी समिति सदस्यमा उम्मेदवारी दिने भएका हुन् ।

निजी क्षेत्रको छाता संगठन नेपाल उद्योग वाणिज्य महासंघको यहि चैत्र २८ र २९ गते काठमाडौंमा ५७ औं वार्षिक साधारण सभा तथा निवार्चन हुदैं छ । पौडेलले दुई दशक भन्दा बढी समयदेखि निजी क्षेत्रको विकासमा निरन्तर काम गर्दै आएका छन् । उनले विभिन्न संघसंस्थामा कुशलता पुर्वक नेतृत्वदायी भूमिका निर्वाह गरिसकेका छन् ।

पौडेल यस क्षेत्रमा स्थापित उद्योगीसंगै विकास प्रेमी सामाजिक व्यक्तित्वका रुपमा परिचित छन् । व्यवसायिक नीतिगत मुद्दाहरुलाई शसक्त रुपमा अगाडी बढाउन सक्षम तथा जुझारु व्यवसायिक नेताका रुपमा उनलाई धेरैले चिन्ने गर्दछन् ।

पौडेललाई नेपाल उद्योग वाणिज्य महासंघको लुम्बिनी प्रदेशको तर्फबाट केन्द्रिय कार्यकारिणी समिति सदस्यमा विजयी गराउन कपिलवस्तु उद्योग बाणिज्य संघले अपिल समेत गरेको छ । पौडेललाई विजयी गराउन संघका पदाधिकारीहरुको टोली अहिले अग्रसर देखिएका छन् । उनीहरुले लुम्बिनी प्रदेशभरका उद्योग बाणिज्य संघका पदाधिकारीहरुसंगको भेटघाटलाई तीब्रता दिएका हुन् ।

सम्बन्धित् समाचार