गृहपृष्ठ खबर पाल्पाको जङ्गलमा एक जनाको शव फेला

पाल्पाको जङ्गलमा एक जनाको शव फेला

प्रकाशित मिति:

पाल्पा ।

पाल्पाको जंगलमा एक पुरुषको शव फेला परेको छ । रम्भा गाउँपालिका वडा नं। ४ का ६३ वर्षीय यमबहादुर सूर्यवंशी मृत अवस्थामा फेला परेका हुन् ।

गत चैत २८ गते घाँस काट्न जङ्गल गएका सूर्यवंशी मृत अवस्थामा फेला परेका हुन् ।

जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी वीरेन्द्र थापाले हराइरहेका सूर्यवंशी शनिवार जङ्गलमा मृत अवस्थामा फेला परेको जानकारी दिए ।

प्रहरीले घटनाबारे अनुसन्धान भइरहेको जनाएको छ ।

सम्बन्धित् समाचार