गृहपृष्ठ खबर बाणगंगाको श्री कामता मावि करैलीयाको अध्यक्षमा थारु निर्वाचित

बाणगंगाको श्री कामता मावि करैलीयाको अध्यक्षमा थारु निर्वाचित

प्रकाशित मिति:

वैखरी अनलाइन, बाणगंगा ।
कपिलवस्तु जिल्लाको बाणगंगा नगरपालिका- १० मा रहेको श्री कामता माध्यमिक बिद्यालय करैलीयाले बिद्यालय ब्यवस्थापन समिति गठन गरेको छ । बिद्यालय ब्यवस्थापन समितिको अध्यक्षमा शिवचरण थारु निर्वाचित भएका छन ।

त्यस्तै बिद्यालय ब्यवस्थापन समितिको सदस्यहरुमा राम बहादुर थारु, सावित्रा थारु, आशा थारु, गिता थारु र तुल्सी राना चयन भएको बिद्यालयले जनाएको छ ।

निर्वाचित भएका अध्यक्ष तथा सदस्यलाई वडा नः १० का वडाध्यक्ष यम प्रसाद पोखरेलले बिद्यालयको शैक्षिक तथा भौतिक बिकासलागी वडासगं सहकार्य गरेर अगाडी बढन आग्रह गरेका छन ।

वडाध्यक्ष पोखरेलले वडालाई राम्रो र बिकसित बनाउँन वडाभित्र सञ्चालन भएका बिद्यालयबाट गुणस्तरीय शिक्षा प्रदान गर्न आवश्यक रहेकाले सोही अनुसार काम गर्न उहाले समिति तथा शिक्षकहरुलाई निर्देशन दिएका छन ।

साथै नव निर्वाचित अध्यक्ष शिवचरण थारुले बिद्यालयको शैक्षिक तथा भौतिक बिकासका लागी आफु निरन्तर लाग्ने र त्यसका लागी सबै पक्षबाट सहयोग पाउने बिश्वास ब्यक्त गरेका छन ।

सम्बन्धित् समाचार