गृहपृष्ठ खबर लुम्बिनीमा विश्व योग दिवस कार्यक्रम

लुम्बिनीमा विश्व योग दिवस कार्यक्रम

प्रकाशित मिति:

शान्तिका अग्रदुत गौतमबुद्धको जन्मस्थल लुम्बिनीमा शान्ति र सदभावका लागि योग अभ्यास कार्यक्रम भएको छ ।
आज जुन २१ तारिख मंगलवारको दिन अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा  संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्री सुदन किराँती, लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्ली बहादुर चौधरी, भारतीय राजदुत, रुपन्देही जिल्ला प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेय, लुम्बिनी साँस्कृतिक नगरपालिकाका नगर प्रमुख सजरुद्दीन मुसलमान, लुम्बिनी विकास कोषका पदाधिकारीहरु, विभिन्न संघ संस्थाका प्रतिनिधि लगायतको उपस्थितिमा शान्ति र सदभावका लागि योग दिवस लुम्बिनीमा मनाईएको हो ।

लुम्बिनी विकास कोष, भारतीय राजदूताबास, पतञ्जली नेपालको आयोजनामा लुम्बिनीमा भएको हो । अन्तर्राष्ट्रिय योग दिवस २०२३ लाई संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्री तथा कार्यक्रमका प्रमुख अतिथि किराँतीले भारतीय उपमहादीपबाट प्रारम्भ भएको योग सिन्धुघाँटी सभ्यतासंग जोडिएको बताउँदै अहिले विश्वव्यापी रुपमा लोकप्रिय हुँदै गएको बताउनुभयो ।

महार्षि पतन्जलीले वैज्ञानिक रुपमा सूत्रबद्ध गरे पनि योग सुत्र निर्माण गर्न धेरै ऋषिमुनिहरुले योगदान गरेको स्मरण गर्दै गौतमबुद्धको नाम अग्रपंक्तिमा आउने गरेको बताउनुभयो । योगलाई धार्मिक शारीरिक, मानसिक स्वास्थ्य लाभसँग मात्र होइन मानवलाई योगले विश्व ब्रह्माण्डसँग र मानव कल्याणको साझा ज्ञानसँग जोडिएको बताउनुभयो ।
कार्यक्रममा भारतीय राजदूतले योग भारतबाट सुरु भएको बताउँदै यसले नेपालसँगको सम्बन्धलाई पनि जोडेको बताउनुभयो । उनले नेपाल–भारत सम्बन्ध युगौदेखि रहँदै आएको र प्रधानमन्त्रीको हालै भएको भ्रमणले थप सम्बन्ध सुमुधुर बनेको जनाकारी दिनुभयो ।

कार्यक्रममा पतञ्जली योग समिति कपिलवस्तुका अध्यक्ष कृष्ण मुरारी ज्ञवाली र नवलपरासीका अधयक्ष नरुपती पाण्डेयले योग अभ्यास गराएका थिए भने पतञ्जली र स्थानीयहरु गरी दिवसका अवसरमा लुम्बिनीमा ४ सय जनाको उपस्थितिमा योग अभ्यास गराइएको थियो ।
गौतमबुद्धको जन्मस्थल लुम्बिनीमा हुने यस्ता कार्यक्रमले लुम्बिनीको प्रचार प्रसारमा योगदान गर्ने कोषका प्रमुख प्रशासकीय अधिकृत ज्ञानिन राईले जजाएका थिए । प्रत्येक वर्ष जुन २१ तरिखका दिन अन्तर्राष्ट्रिय योग दिवस मनाउने गरिन्छ । भारतीय राजदूतावासले नेपालमा प्रत्येक वर्ष दिवस मनाउने कार्यक्रम अन्तर्गत यस पटक लुम्बिनी र पोखरामा मनाइएको दुताबासले जनाएका थिए ।

सम्बन्धित् समाचार