वैखरी अनलाइन, बाणगंगा ।
पार्टी स्थापना दिवसको अवसरमा आयोजित सप्ताहव्यापी कार्यक्रमअन्तर्गत राष्ट्रिय स्वतन्त्र पार्टी कपिलवस्तुले मंगलबार रक्तदान कार्यक्रम सम्पन्न गरेको छ ।
नेपाल रेडक्रस सोसाइटी कपिलवस्तु शाखाको प्राविधिक सहयोगमा तौलिहवामा गरिएको कार्यक्रममा झण्डै ३० जनाको सहभागीता रहेको थियो ।
कार्यक्रमलाई सम्बोधनगर्दै पार्टीकाजिल्ला सभापतिसिव सुवेदीले रक्तदान जिवनदानभन्ने मूलमर्मलाई आत्मसातगर्दै आफूहरुले जिल्लाको रगत अभाव टार्न कार्यक्रम गरेको बताउनु भयो ।
रास्वपाकाप्रदेश सदस्य डाक्टर सरस्वती भट्टराई क्षेत्र नम्बर २ का सदस्यहरु माधव पराजुली, अखिलेस दुवे, अञ्जुशर्मा, वाणगंगा नगर सभापति बुद्धिसागर वेल्वासे, वाणगंगा नगरपालिका वडा नम्बर ११ का सभापतिनारायण खनाल, सल्लाहकार डिल्ली अर्याल, वाणगंगा नगरपालिका वडा नम्बर ५ का सभापित धनिश्वर खनाललगायतको उपस्थितिमा कार्यक्रम सम्पन्न भएको थियो ।