वैखरी अनलाइन, बाणगंगा
कपिलवस्तु जिल्लाको बुद्धभुमी नगरपालिकामा रात्री बसले ठक्कर दिदा १० गाइगोरुको मृत्यु भएको छ । बाणगंगाको खारखानी क्षेत्रभन्दा करिव २ सय मिटर पश्चिम तर्फ बुद्धभुमी २ पानिधारामा एउटै बसले ठक्कर दिदा १० गाईगोरुको मृत्यु भएको हो ।
दाङबाट काठमाण्डमै जादै गरेको रात्रीकालिन बसले बुद्धभुमी २ पानिधारा जगंल सडकमा गत राती करिव १२ बजेको समयमा ति गाइवस्तुलाई ठक्कर दिएको थियो ।
जसमा ५ गाइ र ५ गोरुको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका डिएसपि मिन बहादुर घलेले वैखरी अनलाइनलाई जानकारी दिए । पानी परेको र बस अत्याधिक तिब्र गतिमा रहेकाले यति ठुलो क्षेती भएको प्रारम्भीक अनुसन्धानबाट खुल्न आएको छ ।
अन्य ४ गोरु भने सामान्य घाइते भएका छन । बा प्र ०१ र ००६ ख ५१७१ नम्बरको सो बस र चालक अहिले ईलाका प्रहरी कार्यालय गोरुसिङ्गेको नियन्त्ररणमा रहेको प्रहरीले जनाएको छ ।