गृहपृष्ठ खबर कपिलवस्तुको शिवराजमा डुवेको अवस्थामा शव फेला

कपिलवस्तुको शिवराजमा डुवेको अवस्थामा शव फेला

वैखरी अनलाइन, चन्द्रौटा ।

कपिलवस्तुको शिवराज नगरपालिका वडा नं ५ बुढ्डिहवामा पानीमा डुवेको अवस्थामा एक जनाको शव फेला परेको छ ।

बुढ्डिहवा गाँउमा बस्ने बर्ष ३५ का राजु केवटको शव फेला परेको वडा प्रहरी कार्यालय चन्द्रौटाका प्रहरी निरिक्षक शेखर जंग मल्लले जानकरी दिनुभयो ।

घर देखि करिब ५ सय मिटरको दुरीमो कुदरबेटवा जाने सडक नजिकै रहेको कल्वटमा डुवेको अवस्थामा केवटको शव फेला परेको प्रहरीले जनाएको छ ।

स्थानियले आज दिउँसो करिब ३ बजेको समयमा शव देखेपछी प्रहरीलाई खबर गरेको थिए । केवटको मृत्युबारे अनुसान्धान भइरहेको प्रहरीले जनाएको छ ।

सम्बन्धित् समाचार