गृहपृष्ठ खबर बाणगंगामा माछा मार्ने क्रममा एक महिलाको मृत्यु

बाणगंगामा माछा मार्ने क्रममा एक महिलाको मृत्यु

प्रकाशित मिति:

बाणगंगा ।

कपिलवस्तुको बाणगंगामा कुलोले बगाउँदा एक जनाको मृत्यु भएको छ । बाणगंगा नगरपालिका ८ ढोडेकोलस्थित बाणगंगा नदीबाट सिँचाईका लागि बनाइएको स्थानीय कुलोमा बिहिबार माछा मार्ने क्रममा डुबेर एक महिलाको मृत्यु भएको हो ।

अन्दाजी ५० वर्षीया गुड्ढी थारुको मृत्यु भएको इलाका प्रहरी कार्यालय पिपराले जनाएको छ ।

प्रहरीका अनुसार मृतक महिलाले बिहानको समयमा कुलोमा माछा मार्ने क्रममा बगाएको थियो ।

उनको शव झण्डै एक किलोमिटर तल फेला परेको हो ।

उनको शवलाई पोष्टमार्टमका लागि जिल्ला अस्पताल तौलिहवा पठाइएको र घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

 

सम्बन्धित् समाचार