वैखरी अनलाईन, बाणगंगा ।
कपिलवस्तुको शिवराज नगरपालिकाले नेपाल र भारत बीचको को खेल हेर्न सबै शैक्षिक संस्थाहरूमा बिदा दिएको छ । सोमबार दिउँसो १ बजेदेखि सबै शैक्षिक संस्थामा बिदा दिईएको हो ।
एसियाकप अन्तर्गत सोमबार भइरहेको नेपाली टिमको हौसला बढाउन र विद्यार्थीहरूमा खेलप्रति उर्जावान भावना जागृत गर्न दिउँसो १ बजेपछि कुनै पनि कक्षा सञ्चालन नगरी बिदाको दिएको नगरपालिकाले जनाएको छ ।
सामुदायिक तथा संस्थागत विद्यालयहरूमा बिदा दिने निर्णय भएको शिवराज नगरपालिकाका मेयर अजय थापाले वैखरीलाई जानकारी दिए ।