गृहपृष्ठ खबर हाम्रा मौलिक सँस्कृतिलाई भुल्नु हुदैंन् : उपप्रमुख चौधरी

हाम्रा मौलिक सँस्कृतिलाई भुल्नु हुदैंन् : उपप्रमुख चौधरी

प्रकाशित मिति:

वैखरी अनलाईन, बाणगंगा ।

कपिलवस्तुको बाणगंगा नगरपालिकाकी उपप्रमुख रिता कुमारी चौधरीले मौलिक सँस्कृतिलाइ भुल्न नहुने बताएकी छिन् । परम्परागत रुपमा चल्दै आएका संस्कृतिको जर्गेना गरेर अघि बढ्नुपर्ने उनको भनाई छ ।

हिन्दु नारीहरुको महान पर्व हरितालिका तिजको अवसरमा बाणगंगा नगरपालिका- २ को वडा कार्यालयले आयोजना गरेको शुभकामना आदान-प्रदान तथा दर खाने कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएकी हुन् ।

‘चाडपर्व, रितिरिवाज नै हाम्रा गहना हुन् । यसको सही तवरले संरक्षण, संवद्र्धन गर्न हामी सबैको कर्तव्य हो,’ तीजको शुभकामना दिदैं उनले भनिन् ।

उपप्रमुख चौधरीले महिलाका दुःख, वेदनालाई पोख्ने चार्डका रुपमा रहेको तीजमा अहिले पश्चिमी संस्कृत मौलाउँदै गएको भन्दै यसप्रति सबै सचेत हुनुपर्ने बताईन् । उनले नारीहरुको पर्व तीजलाई नारीहरुको सभ्यता, आर्दशसंग मिल्ने गरि सभ्य तरिकाले मनाउन आग्रह गरिन् ।

बाणगंगा नगरपालिका २ का वडाध्यक्ष विष्णु प्रसाद पौडेलले पछिल्लो बर्षहरुबाट तीजमा मौलिकता क्रमश हराउँदै गएको बताएका छन् । नारीहरुको महान पर्व हरितालिका तीजमा पहिले जस्तो मौलिकता नझल्कने भन्दै उनले चिन्ता व्यक्त गरे ।

वडाध्यक्ष पौडेलले नारिहरुको महान पर्व तीजलाई मौलिकता झल्किने गरि मनाउन आवश्यक रहेको बताए । वडाले परम्परागत रुपमा नारिहरुले मनाउँदै आएको पर्व तीजलाई विगतदेखि नै संरक्षण प्रदान गर्न विभिन्न कार्यक्रम गर्दै आईरहेको र आगामी दिनमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिने वडाध्यक्ष पौडेलले प्रतिवद्धता जनाए ।

सम्बन्धित् समाचार