गृहपृष्ठ खबर संबिधान दिवसमा कपिलवस्तु कारागारबाट ८ कैदी रिहा

संबिधान दिवसमा कपिलवस्तु कारागारबाट ८ कैदी रिहा

प्रकाशित मिति:

वैखरी अनलाइन, कपिलवस्तु ।
संबिधान दिवसका अवसरमा कपिलवस्तु कारागारबाट ३ जना कैदी रिहा भएका छन । राम्रो चालचलन र ५० प्रतिशत कैद सजाए भुक्तान गरेका उनीहरुलाई संबिधान दिवसमा रिहा गरिएको हो ।

 

मुलुकभर ६ सय ३० जना रिहा भएको कपिलवस्तु कारागारका जेलर मनोज सैनीले बताए । मन्त्री परिषदको निर्णय अनुसार राष्ट्रपतिले उनीहरुको कैद मिन्हा गरेका हुन । गृह मन्त्रालयको आदेश अनुसार दिवसका अवसरमा राम्रो चालचलन तथा ४० देखि ५० प्रतिशत बढी सजाय काटी सकेको ती कैदीहरुलाई रिहा गरिएका हो ।

 

रिहा गर्न कारागार ब्यवस्था बिभागले देशभरका कारागारबाट नामावली माग गरेको थियो । कपिलवस्तुबाट १४ जनाका कैदीहरुको कैद मिन्हाकोलागि नामावली पठाईएको थियो । कारागारले पठाएको नामावली मध्येबाट रिहा सुची बनाईएको थियो । कारागारबाट बिभिन्न मुद्दामा कैद जीवन ब्यतित गर्र्दैै आएकाहरु ८ जनालाई रिहा गरिएको कारागार प्रशासनले जनाएको छ ।

 

रिहा हुनेहरुमा कत्तब्र्य ज्यान मुद्दाका ३,सवारी ज्यान मुद्दाका ४ जना र चोरी मुद्दाका एक जना रहेको जलेर सैनीले बताए । रिहा हुनेहरुलाई कारागार भित्र रहेका अन्य कैदी बन्दीहरुले फुलसहीत अबिर लगाएर बिदाई गरेका थिए ।

 

यस्तै रिहा भएकाहरुलाई लिन आएका आफन्तहरुले समेत फुलमालाले स्वागत गरेका थिए । रिहाईकाक्रममा जेलर सैनीले सहीढंगले असल काम गर्न आग्रह गरे । कपिलवस्तु कारागारमा ५ सय ३० कैदीबन्दी छन ।

सम्बन्धित् समाचार