गृहपृष्ठ खबर कपिलवस्तु उद्योग वाणिज्य संघद्वारा प्रमुख प्रशासकिय अधिकृत मरासिनीलाइ स्वागत

कपिलवस्तु उद्योग वाणिज्य संघद्वारा प्रमुख प्रशासकिय अधिकृत मरासिनीलाइ स्वागत

प्रकाशित मिति:

चेतन बिष्ट, कपिलवस्तु ।

कपिलवस्तु उद्योग वाणिज्य संघद्वारा बाणगङ्गा नगरपालिकाका नवनियुक्त प्रमुख प्रशासकिय अधिकृत भक्तिराम मरासिनीलाई स्वागत गरिएको छ । आज संघका अध्यक्ष डोलकराम घिमिरेको अध्यक्षतामा भएको एक कार्यक्रमका बिच स्वागत गरिएको हो ।

 

कार्यक्रममा बोल्दै नवनियुक्त अधिकृत मरासिनीले नगरको समग्र विकासको लागि एकल व्यक्तिले केहि गर्न नसक्ने भएकाले नगरका कर्मचारी र यहाँका संघ संस्था सबै पक्ष मिलेर सहकार्य गर्नुपर्ने बताउनु भएको छ । बाणगंगाका समस्यालाई अहिले आफुले गहिरिएर अध्यन गरिरहेको भन्दै ति समस्या समाधान गर्न उद्योग वाणिज्य संघ जस्तो गैरराजनैतिक संस्थाको महत्वपुर्ण योगदान रहने बताउनु भयो ।

 

त्यस्तै संघका अध्यक्ष डोलकराम घिमिरेले विगतदेखि नै नगर र संघले सहकार्य गर्दै आइरहेको भन्दै त्यसलाई निरन्तरता दिनुपर्नेमा जोड दिनुभएको थियो । नगर र नगरवासीको पक्षमा काम गर्न आफुहरु बाट सधै सहयोग पुग्ने भएकाले ढुक्क भएर काम गर्न समेत आग्रह गर्नुभयो ।

 

त्यस्तै संघका निवर्तमान अध्यक्ष उमानाथ पौडेलले विगतको नगर र उद्योग वाणिज्य संघको सहकार्यलाई अवगत गराउँदै अबका दिनमा अझ बलियो सम्बन्ध बन्नेमा विश्वास व्यक्त गर्नुभएको थियो । नगरको प्रमुख समस्याको रुपमा रहेको छाडा पशुचौपाया, लागुऔसध दुव्र्यसनी लगायतका समस्यालाई समाधान गर्न मरासिनीले विशेष कदम चाल्नेमा विश्वास व्यक्त गर्नुभएको थियो ।

संघका पुर्व अध्यक्ष विष्णु प्रसाद न्यौपाने, निवर्तमान बरिस्ठ उपाध्यक्ष रुक बहादुर भुसाल संघका पदाधिकारी, कर्मचारी लगायतको उपस्थिती रहेको कार्यक्रमको सञ्चालन भने महासचिव मनोज पौडेलले गर्नुभएको थियो ।

सम्बन्धित् समाचार