गृहपृष्ठ खबर दलित सामाजिक विकास केन्द्र कपिलवस्तुको अध्यक्षमा सुरजमति

दलित सामाजिक विकास केन्द्र कपिलवस्तुको अध्यक्षमा सुरजमति

प्रकाशित मिति:

कपिलवस्तु १४ असोज
दलित र महिला सशक्तिकरणमा काम गर्दै आएको दलित सामाजिक विकास केन्द्र डंगरी कपिलवस्तुको अध्यक्षमा सुरजमति पासी चयन भएकी छिन ।

कपिलवस्तुको तौलिहवामा संपन्न १९ औँ साधारण सभा तथा विशेष अधिवेशनबाट सुरजमति पासीको अध्यक्षतामा नौ सदस्यीय कार्य समिति सर्वसम्मत रुपमा चयन गरिएको हो ।

 

संस्थाका निबर्तमान अध्यक्ष संजय कुमार कोरीले लोक सेवा आयोगको परीक्षा उत्तीर्ण गरी निजामती सेवामा प्रवेश गरेपछि नवनिर्वाचित अध्यक्ष पासी कार्यवाहक अध्यक्षका रुपमा काम गर्दै आएकी थिईन । केन्द्रको उपाध्यक्षमा विश्राम कोरी, सचिवमा रिखीराम हरिजन, सहसचिवमा कुसुम कोरी र कोषाध्यक्षमा निलम पासी रहेका छन । यस्तै सदस्यहरूमा अनिता श्रीमाल, राजेन्द्र पासी, रोहित लाल कोरी र पुजन पासी चयन भएको निर्बाचन मण्डलका संयोजक प्रबीण श्रीवास्तवले बताए ।

 

कार्यक्रमको उदघाटन सत्रमा संस्थाले संस्थाका कार्यकारी निर्देशक रामशरण रैदास, सलानी कहार, निवर रंदास, राजकुमार हरिजन, ईन्द्रेश प्रसाद चौधरी, परमेश सिंह चौधरी, निर्मला सिंह रमेश प्रसाद कुर्मीलाई दोसल्ला र प्रशंसा पत्रले सम्मानित गरिएको थियो । संस्थाको प्रगति प्रतिबेदन कार्यकारी निर्देशक रामशरण रैदास र आर्थिक प्रतिबेदन लेखापाल शैलेन्द्र श्रीमालले प्रस्तुत गरको थिए । सो अवसरमा यशोधरा गाउपालिकाका प्रमुख प्रशाकीय अधिकृत रामचन्द्र ढकालले महिला, दलित लागतयको क्षेत्रमा संस्थाले राम्रो काम गरेको बताए । उनले पालिकासंग समन्वय गरी काम अघि बढाउन आग्रह गरे ।

सुर्जमति पासीको अध्यक्षता, बिश्राम कोरीको संचालनमा भएको कार्यक्रममा पत्रकार महासंघका जिल्ला अध्यक्ष किरणमान बज्राचाय, गैर सरकारी स.स्था महासंघका जिल्ला अध्यक्ष जय प्रकाश पाण्डेय, निलम पासी लगायतले शुभकामना मन्तब्य दिएका थिए । केन्द्रले जिल्लाका जिल्लाको यशोधरा र मायादेबी गाउपालिका र कपिलवस्तु नगरपालिकामा जीविकोपार्जन, वातावरण संरक्षण, महिला सशक्तिकरण, कृषि तथा पशुपालन र दलित समाज उत्थानको क्षेत्रमा काम गर्दे आएको छ ।

सम्बन्धित् समाचार