वैखरी अनलाइन, तौलीहवा ।
नेपाली कांग्रेस कपिलवस्तुको जिल्ला सम्मेलन आज हुने भएको छ ।
पार्टीको जिल्ला कार्य समितिको तौलिहवा स्थित पार्टी कार्यालयमा हुने नेपाली कांग्रेस कपिलवस्तुका जिल्ला सचिव शक्ति सिहं ठकुरीले जानकारी दिए ।
सम्मेलन तौलिहवा स्थित पार्टी कार्यालयमा हुने र प्रमुख अतिथी कांग्रेस नेता शेखर काईराला रहेको ठकुरी बताए ।
यस्तै कार्यक्रममा महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री र कांग्रेस लुम्बिनी प्रदेश महामन्त्री सुरेन्द्र आचार्य समेत सहभागी हुने जिल्ला सदस्य राजेश ज्ञवालीले बताए । भेलामा जिल्लाभरबाट एक हजार नेता कार्यकर्ताहरु सहभागी हुने अनुमान गरिएको छ ।
सम्मेलनमा सहभागि हुन जिल्ला नेता तथा कार्यकर्तालाई नेपाली कांग्रेस जिल्ला सभापति अब्दुल कलामले आग्रह समेत गरेका छन । सम्मेलन बिहान ११ बजेबाट सुरु कांग्रेस कपिलवस्तुले जनाएको छ ।