गृहपृष्ठ खबर कपिलवस्तुको बाणगंगाबाट हराएका दुई बालिकाको बुटवलबाट उद्धार

कपिलवस्तुको बाणगंगाबाट हराएका दुई बालिकाको बुटवलबाट उद्धार

प्रकाशित मिति:

वैखरी अनलाईन, बाणगंगा ।

कपिलवस्तुको बाणगंगा नगरपालिकाबाट हराएका दुई बालिकाको सकुशल उद्धार गरिएको छ ।

नगरपालिकाको वडा नम्बर १ र २ बस्ने ति दुई बालिका गत भदौ २९ शुक्रबार बिहान बिद्यालय जान्छु भनेर हिडेका र सोही क्रममा हराएका थिए ।

ईलाका प्रहरी कार्यालय पिपराको टोलीले उनीहरुलाई बुटवलको मजुवाबाट उद्धार गरेको हो ।

वडा नम्बर १ को उत्तमनगर घर भएकी स्थानीय बाल माध्यमिक विद्यालयमा कक्षा १० मा अध्यनरत १५ वर्षीया विष्णु छहारी र वडा नम्बर २ राजपुरकी १५ वर्षीय सिर्जना ठकुरी गत १९ दिनदेखि बेपत्ता भएका थिए ।

प्रहरीले उनीहरुलाई बुधबार नै परिवारलाई जिम्मा लगाएको जनाएको छ ।

उनीहरु कोठा लिएर बसेको जानकारी पाएपछि आफुहरु सोही स्थानमा पुगेको प्रहरीले जनाएको छ ।

सम्बन्धित् समाचार