वैखरी अनलाइन, बाणगंगा ।
कपिलवस्तुको बाणगंगा नगरपालिकाको कार्यपालिका बैठक सम्पन्न भएको छ । बाणगंगा नगरपालिकाको सभाहल चार नम्बर जितपुरमा कार्यपालिको बैठक सम्पन्न भएको हो ।
बैठकले आर्थिक बर्ष २०८०/८१ को लागी बार्षिक कार्य योजना पारित गरेको छ । २८ बुँदे बार्षिक कार्य योजना कार्यपालिका बैठकले पारित गरेको बाणगंगा नगरपालिकाका प्रवक्ता तथा वडा नम्बर २ का वडाध्यक्ष बिष्णु प्रसाद पौडेलले वैखरी अनलाइनलाई जानकारी दिए ।
त्यस्तै कार्यपालिका बैठकले सम्बृद्धिका लागी बन परियोजनाको बार्षिक कार्यक्रम तथा बजेट स्वीकृत गरेको समेत गरेको छ ।
नगरपालिकामा समस्याका रुपमा रहेको छाडा चौपाया ब्यवस्थापनका लागी नगर प्रवक्ता बिष्णु प्रसाद पौडेल संयोजक रहने गरी ९ सदस्य छाडा चौपाया ब्यवस्थापन समिति गठन भएको छ ।
त्यस्तै ३ पाङग्रे अटो तथा इ–रिक्सा ब्यवस्थापनका लागी वडा नम्बर ४ का वडाध्यक्ष छवि रेश्मी मगरको संयोजकत्वमा ३ पाङग्रे सवारी साधन ब्यवस्थापन समिति समेत कार्यपालिकाको बैठकले गठन गरेको छ ।
यसैबिच घरनक्सा अभिलेखी करणका लागी चैत्र मसान्तसम्म सुचारु राख्ने निर्णय भएको नगरपालिकाकी उप प्रमुख रिता कुमारी चौधरीले बताइन । साथै उप प्रमुख चौधरीले केही दिन अगाडी सर्पको डसाईबाट मृत्यु भएका बाणगंगा वडा नः ९ का एकै परिवारका रितु तथा यशुका क्षेत्रीको परिवारलाई राहात स्वरुप ३५ हजार दिने निर्णय भएको जानकारी दिइन ।
बैठकमा नगर प्रमुख चक्रपाणी अर्यालले बार्षिक कार्य योजना पारित भएसगैँ नगरपालिकामा बिकासका कामले तिव्रता पाउने बताए । साथै प्रमुख अर्यालले कार्ययोजना अनुसार तोकेकै समयमा योजनाहरु सक्ने उदेश्यका साथ काममा लाग्न वडाध्यक्ष, कार्यपालिका सदस्य तथा शाखा प्रमुखलाई निर्देशन समेत दिनु भएको छ ।
त्यस्तै प्रमुख प्रशासकीय अधिकृत भक्तीराम मरासिनिले बाणगंगाको बिकासमा सबै एकजुट भएर लाग्न आग्रह समेत गरेका छन । नगरको बिकासका लागी कर्मचारीको क्षेत्रबाट पुर्ण रुपमा सहयोग र साथ दिने प्रतिबद्धता जनाउदैँ सबै मिलेर नगर बिकासमा केन्द्रित हुनेपर्ने बताए ।
बैठक नगर प्रमुख अर्यालको अध्यक्षता तथा प्रमुख प्रशासकीय अधिकृत भक्तिराम मरासिनिको सञ्चालनमा सम्पन्न भएको थियो ।