गृहपृष्ठ खबर ‘साइकल प्लाङक ब्यालेन्स’ को दोस्रो सँस्करणको उपाधि बुटवलका ११ बर्षीय मनिक श्रेष्ठलाई

‘साइकल प्लाङक ब्यालेन्स’ को दोस्रो सँस्करणको उपाधि बुटवलका ११ बर्षीय मनिक श्रेष्ठलाई

प्रकाशित मिति:

वैखरी अनलाईन, बाणगंगा ।

साइकल प्लाङक ब्यालेन्स (पानी माथि ट्रयाक बनाएर खेलिने खेल) प्रतियोगिताको दोस्रो सँस्करणको उपाधि मनिक श्रेष्ठले हात पारेका छन् । लायन्स क्लव अफ कपिलवस्तुले बाणगंगा नगरपालिका ३ स्थित पर्यटकिय स्थल राजापानीको पोखरीमा आयोजना गरेको उक्त प्रतियोगितामा उनले ५२ मिटरको ट्रयाक पार गर्न १ दशमल ५६ सेकेण्ड लगाएपछि उपाधि हात पार्न सफल भएका हुन् ।

उनलाई नगद ५० हजारसहित प्रमाणपत्रले सम्मान गरिएको छ । बुटवल उपमहानगरपालिका ३ का ११ बर्षीय श्रेष्ठले आफुले ३ बर्षदेखि नै साईकल चलाउँदै आएको बताए ।

धरानका अनिस तामाङ दोस्रो भएका छन् । उनले १ मिनेट २५ सेकेन्डमा निर्धारित दुरी पार गरेका हुन् । यस्तै कपिलवस्तुका कपिलवस्तुका सुभम भट्टाई तेस्रो भएका छन् । उनले निर्धारित दुरी पार गर्न ४० दशमलव ८६ सेकेन्ड समय लगाए भने चौथो भएका अरुण अर्यालले ३५ दशमलव २३ सेकेन्ड समय लगाए ।

प्रतियोगितामा दोस्रो, तेस्रो र चौथो हुनेले क्रमश २५ हजार, १५ हजार र गिफ्ट हेम्परसहित मायाको चिनो र प्रमाण पत्र प्राप्त गरेका छन् ।

मिडिया संयोजक नवराज बेल्वासेका अनुसार साहसिक खेलका रुपमा परिचित उक्त प्रतियोगितामा भाग लिन एक सय २३ जनाले नाम दर्ता गरेका थिए भने एक भारतीयसहित ७४ जना सहभागीता जनाए । उनले २४ जनाले निर्धारित दूरी पार गरेको जानकारी दिए । पोखरी माथि बनाईएको उक्त ट्रयाक ९ इन्च चौडाइ र ५२ मिटर लामो थियो ।

सम्बन्धित् समाचार