गृहपृष्ठ Featured पाल्पामा जीप दुर्घटना हुँदा छ जनाको मृत्यु

पाल्पामा जीप दुर्घटना हुँदा छ जनाको मृत्यु

प्रकाशित मिति:

पाल्पा । पाल्पाको सदरमुकाम तानसेनदेखि रानीमहल जाने क्रममा रानिमहल सडकखण्डको बैकुण्ठेमा जीप दुर्घटना हुँदा घटना स्थलमै छ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।

आज साँझ करिब ५ बजेको समयमा बागमती प्रदेश ७२०९ नम्बरको जीप दुर्घटना भएको हो । घटनाको विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । दुर्घटनामा ज्यान गुमाउनेमा तीन महिला, दुई बालक र एक पुरुष रहेका छन् । मृतकको सनाखत हुन सकेको छैन ।

जीप खोलामा खसेको थियो । प्रहरीले दुर्घटनामा गम्भिर घाइत एक जनाको भने उद्धार गरेको छ ।

सम्बन्धित् समाचार