गृहपृष्ठ खबर कपिलवस्तुमा श्रीमानले गरे श्रीमतीको हत्या

कपिलवस्तुमा श्रीमानले गरे श्रीमतीको हत्या

प्रकाशित मिति:

कपिलवस्तु ।

कपिलवस्तुको मायादेवी गाउँपालिकामा श्रीमतीको हत्या आरोपमा एक जना पक्राउ परेका छन् । गत कार्तिक ८ गते मायादेवी गाँउपालिका-८ बरकुल बस्ने २६ वर्षिय बिनय कुमार चमारलाई आफ्नी २६ वर्षिय श्रीमती सन्ध्या चमारको हत्या आरोपमा पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ ।

घरायसी विवादका कारण झगडा हुँद कुटपिट गरी श्रीमतीको घाँटीमा रहेको कालो मालाले घाँटी कसेर हत्या गरेको प्रहरीले जनाएको छ ।

पक्राउ परेका चमारलाई कर्तव्य ज्यान कसुरमा मुद्धा दर्ता गरी थप अनुसन्धान प्रक्रिया अगाडि बढाईको छ ।

 

सम्बन्धित् समाचार