गृहपृष्ठ खबर मायादेवी साझेदारी वनको ११ औं बार्षिक साधारण सभा : ९ करोड बढीको बजेट सार्वजनिक

मायादेवी साझेदारी वनको ११ औं बार्षिक साधारण सभा : ९ करोड बढीको बजेट सार्वजनिक

प्रकाशित मिति:

वैखरी अनलाईन, बाणगंगा ।

कपिलवस्तुको मायादेवी साझेदारी बन उपभोक्ता समूह पटनाको ११ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । उक्त कार्यक्रम शनिबार बाणगंगा नगरपालिका १० मा रहेको वनको कार्यालयमा सम्पन्न भएको हो ।

वनका अध्यक्ष दिनेश जैसवालले ९ करोड भन्दा बढीको बजेट सार्वजनिक गरेका छन् । उनले ९ करोड २४ लाख १० हजार रुपैयाँ बराबरको बजेट सार्वजनिक गरेका हुन् । कार्यक्रममा उनले हालसम्म वन व्यवस्थापन, संरक्षण लगायतका क्षेत्रमा भए गरेका कामको चर्चा गरेका थिए । उनले वनलाई हरेक तवरले जिल्लाकै उत्कृष्ट वनको रुपमा स्थापित गर्न हरसम्भव काम गरिरहेको दाबी गरे ।

कार्यक्रमलाई सम्बोधन गर्दै लुम्बिनी प्रदेश सांसद विष्णु प्रसाद पन्थीले वनलाई आम्दानी वनको संरक्षण सम्वद्र्धनसंगै समाजको विकास निर्माणमा जोड्नुपर्ने बताए । वन ऐन नियमावलीको परिधिभित्र रहेर वनले आफ्ना गतिविधिलाई चुस्तदुरुस्त राख्नुपर्ने उनको भनाई छ । प्रदेश सरकारले वनलाई महत्वपुर्ण क्षेत्रका रुपमा हेरेको बताउँदै उनले भने, ‘जिल्लाकै ठूला बनहरुमध्ये मायादेवी पनि एक हो । यसले नमुना काम गरेर देखाउँनुपर्छ ।’

उनले पछिल्लो समय कपिलवस्तुमा बन अतिक्रमण चुनौती बन्दै गएको बताए । सांसद पन्थीले बनजंगल संरक्षण गरे सवै चिजको सन्तुलन मिल्ने बताए ।

गोविन्द प्रसाद पौडेलको संचालनमा सम्पन्न उक्त कार्यक्रममा वनका पदाधिकारीसहित डिभिजन वन कार्यालय कपिलवस्तुका प्रमुख विजयराज सुवेदी, बाणगंगा नगरपालिकाका प्रवक्ता तथा वडा नम्बर २ का वडाध्यक्ष विष्णुप्रसाद पौडेल, वडा नम्बर ११ का वडाध्यक्ष नरेन्द्रप्रसाद चौधरी लगायतको उपस्थिति रहेको थियो ।

सम्बन्धित् समाचार