वैखरी अनलाईन, बाणगंगा ।
कपिलवस्तुको बाणगंगा नगरपालिका- ४ मा अवस्थित बाणगंगा मावि गजेहडाले नगरपालिकालाई नै चुनौति दिदैं विद्यालय व्यवस्थापन समितिको नेतृत्व चयन गरेको छ ।
बाणगंगा नगरपालिकाको शिक्षा नियमावलीलाई धज्जी उडाउदै विद्यालयले व्यवस्थापन समितिको नेतृत्व चयन गरेको हो । “बाणगंगा नगरपालिकाको शिक्षा निमावली, २०७४” को परिच्छेद ५ विद्यालय व्यवस्थापन समिति सम्बन्धि व्यवस्था, नियम २७(१) को ३ मा विद्यालय व्यवस्थापन समितिको अध्यक्ष छनौट नभएसम्मका लागी वा अध्यक्षको अनुपस्थितिमा वडा अध्यक्षले बैठकको अध्यक्षता गर्ने छ भन्ने स्पष्ट व्यवस्था छ ।
यस्तो छ नगरको शिक्षा नियमावली
तर विद्यालयले वडाध्यक्ष छविरेस्मी मगरलाई कुनै खबरै नगरि नगरको शिक्षा नियमावलीलाई समेत धज्जी उडाएर कानुन विपरित जेष्ठ सदस्य हरि पौडेलको अध्यक्षतामा बैठक बसेर विद्यालय व्यवस्थापन समितिको सदस्यहरुमा २ जना (कृष्ण बहादुर कुवँर र विष्णु भट्टाराई) लाई मनोनित गरेको थियो ।
सोमबार आज सो मनोनित सदस्यसहितको अवैध समितिले विद्यालय व्यवस्थापन समितिको अध्यक्षमा कृष्ण कुवँरलाई चयन गरेको छ ।
कुवँर म्यानपावर व्यवसायी हुन् । निमित्त प्रअ राम प्रसाद भण्डारीले उक्त विद्यालय व्यवस्थापन समितिको बैठक आह्वान गरेका हुन् ।
विगत ८ बर्षदेखि विद्यालयमा आर्थिक अनियमितता, निजि शिक्षक भर्ना लगायतमा उनले मनोमानी गर्दै आएकी थिए । तर २०७९ साल बैशाख ३० मा सम्पन्न स्थानीय तहको निर्वाचनमा वडाध्यक्षको रुपमा छविरेस्मी मगर आएपछि वडाध्यक्ष रेस्मीले निमित्त प्रअ भण्डारीको त्यस्ता क्रियाकलापमा अंकुश लगाउने प्रयास गरेका थिए । जसका कारण भण्डारी र वडाध्यक्ष रेस्मीबीच मनमुटाव बढ्दै गएको थियो ।
वडाध्यक्ष रेस्मीले यस विषयमा विद्यालयले नगरको शिक्षा नियमावलीलाई ठाडो उलंघन गरेकाले कानुनी उपचार खोजिने बताएका छन् । यस विययमा वैखरीले थप बुझ्न सोमबार निप्रअ भण्डारीलाई प्रश्न सोध्दाँ उनले कुनै प्रतिक्रिया दिन चाहेनन् ।
यता नगरपालिकाले कार्तिक १९ गते आईतबार मेयर चक्रपाणी अर्यालको अध्यक्षतामा बसेको नगर शिक्षा समितिको बैठकले नगरको शिक्षा नियमावलीलाई बेवास्ता गर्दै बैठक बसेर गरेको निर्णयलाई बदर गरिदिएको पत्र विद्यालयलाई पठाएको थियो ।
नगर शिक्षा समिति बैठकले सो बैठक बदर भएको भन्दै अब आइन्दा नियमावली अनुसार नै बैठक ब्यवस्थापन गर्न निर्देशन दिइसकेको अवसमा उक्त समिति अवैध हुने नगरपालिकाका शिक्षा शाखा प्रमुख खिम बहादुर जिसीले वैखरीलाई बताए । उनले नगरको शिक्षा समितीको सर्बसम्मत निर्णयलाई अवज्ञा गर्ने विद्यालयले कानुनी कठघारामा उभिएर कडा मूल्य चुकाउनु पर्ने बताए ।
यस्तो छ विद्यालयलाई नगरले पठाएको पत्र